रुकुम,२० कात्तिक : रुकुमको रुकुमकोट गाविसमा शनिबार विहान यात्रुवाहक जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये रुकुमकोट गाविस-३ टाकुराकी ३० वर्षीया सुधा विसी र ४ वर्षीय छोरा समिरको मात्र सनाखत भएको छ । रुकुमकोटबाट सदरमुकाम खलङ्गाका लागि छुटेको लु १ ज १९०६ नम्बरको जिप रुकुमकोट गाविस-१ तितेचौर भन्ने स्थानमा विहान पौने दस बजेतिर दुर्घटनामा परेको स्थानीयबासीले बताएका छन् । सडकबाट झण्डै एक सय मिटर तल खस्दा जिपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
रुकुम, ७ कात्तिक : भारतको
हिमाञ्चलमा उत्पादित स्याउ जिल्लामा भित्रिएपछि रुकुम स्यालाखदिमा
उत्पादित स्याउ एक रुपैयाँमा दुई दाना बिक्री हुन थालेको छ । अहिले बजारमा
भारतबाट ल्याइएको स्याउको मूल्य प्रतिकिलो १ सय ४० देखि १ सय ८० मा बिक्री
हुँदा रुकुममा उत्पादन भएको स्याउले भने बजार पाउन सकेको छैन । यातायातको
असुविधा एवम् भौगोलिक विकटताका कारण विगत वर्षझैँ यस वर्ष रुकुमको
उत्तरपश्चिम क्षेत्र स्यालाखदिमा उत्पादित स्याउ सदरमुकाम बजारसम्म
पु¥याउन नसकिएको हो । ढुवानीका लागि घोरेटो बाटोको सुविधा भए पनि वर्षादको
समयमा ठाउँ ठाउँमा
पहिरो गएर घोडा, खच्चड चल्न नसकेपछि स्याउ बिक्री हुन नसकेको स्यालाखदिका
लालबहादुर ऐरी बताउँछन् ।
रुकुम, २१ असोज : रुकुमको उत्तर पूर्वि विकट तकसेरा गाविसमा फलाइएका स्याउहरू बजार अभाव र यातायात सुविधाका कारण कुहिन थालेका छन् । बजार अभावका कारण बिक्री हुने अवस्था नभएपछि सो स्याउलाई भण्डारण गरी अत्यधिक किसानहरूले मदिरा बनाउने गरेका छन् । तर यसबाट किसानहरूले आशा गरे अनुरूपको मुल्य नपाउने बुझिएको छ । बिगत वर्षभन्दा यसवर्ष स्याउ निकै फलेकाले राम्रो आम्दानी हुने आशा गरेका किसानहरूले परिस्थितिलाई आफ्नो भाग्यको दोष ठान्ने गरेका छन् ।
रुकुम, १ असोज-उही आमाले जन्माएको छोरा आमाभन्दा एक वर्षले उमेर पाको भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । रुकुम पोखरा गाविस–४ की आमा देउसरी खड्का उनको माइला छोरा पिमबहादुरभन्दा झन्डै एक वर्षले कान्छी रहने गरी नागरिकताको प्रमाणपत्र वितरण भएको छ । देउसरीले विसं २०४४ फागुन २७ गते राष्ट्रिय नागरिकता टोली नम्बर (४) मार्फत बाबु द्रबे खड्का र पति अनन्ते खड्काको नामबाट वंशजको आधारमा नागरिकता लिएकी थिइन् ।
रुकुम, २४ भदौ
जिल्लाका
विभिन्न ग्रामीण भेगमा अझै पनि बालविवाह कायमै रहेको पाइएको छ । सानै
उमेरमा विवाह गर्नाले समयमै बालबच्चा हुकाउने र भविष्यमा सुख पाइने
विश्वासले बालविवाह गर्नेगरेको स्थानीय बासिन्दा बताउँछन् । केहीले
आमाबाबुको करले त केहीले सानैमा विवाह गर्ने चलनले बालविवाह गर्न बाध्य
भएको बताउँछन् । पिपलका वीरबहादुर केसीले १४ वर्षमा एक वर्षअघि गाउँकै १२
वर्षीय चन्दा खड्कासँग विवाह गरे । बाबुआमाले कर गरेपछि सानो उमेरमै विवाह
गर्नुपरेको उनीहरूले बताए ।