सल्यान, ६ जेठ : खानेपानीको हाहाकार भएपछि सल्यान कारागारका कैदीलाई पानीको चरम समस्या भएको छ । खानेपानीको अभाव भएपछि कारागारले एक कैदीलाई बिहान एक जग तथा बेलुका एक जग पानी उपलब्ध गराउने गरेको छ ।
सल्यान, २३ बैशाख : सल्यान देवस्थलको सल्लीबजारमा वैशाख २० गतेदेखि सुरुभएको घुम्ती शिविर व्यवस्थापकीय कमजोरीका कारण दुई दिनमै स्थगित भएको छ । मुलखोला, बामे, देवस्थल, घाँजरीपिपल, कुपिन्डे दह र माझँकाँडाका लागि राखिएको शिविरमा सेवाग्राहीको उल्लेख्य सहभागिता भएपछि व्यवस्थापन गर्न नसकिएको भन्दै स्थगित गरिएको हो । तीन हजार सेवाग्राही रित्तै हात फर्कन बाध्य भएको पनि बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको छ ।
सल्यान, २१ वैशाख : पत्रकार महासंघ सल्यानका निवर्तमान अध्यक्ष उत्तम हमालको आज अन्त्यष्टी गरिने भएको छ । पत्रकार महासंघ सल्यानका निवर्तमान अध्यक्ष उत्तम हमालको हिजो मुत्यु भएपछि आज अन्तेष्टीको तयारी भइरहेको हो । नेपाल पत्रकार महासंघमा अहिले श्रद्धाञ्जलीका हमालको शव पत्रकार महासंघ सल्यानमा राखिने भएको छ ।
सल्यान, १२ वैशाख : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी मधेसी र जनजातिसँग मिलेर चुनाव लड्ने बताएका छन् । सल्यानको बाफुखोलामा आज भएको सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी, दलित, जनजाति, मधेसीलगायतको गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभयो ।
सल्यान, ५ चैत : सल्यानमा एसएलसी परीक्षा दिएर फर्किदैं गरेका विद्यार्थी सवार ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । दुर्घटनामा खलङ्गा १ काफ्लाकी १९ बर्षीया मीना योगीको मृत्यु भएको हो ।