सल्यान, १७ चैत : खचाखच तिर्थयात्री लिएर मन्दिरतर्फ गइरहेको जीप सडकबाट खसेर दुर्घटना हुँदा सल्यानमा ७ जनाको मृत्यु भएको छ । तिर्थयात्री लिएर स्थानीय खैरावाङ मन्दिर जादै गरेको जीप दुर्घटना भएको हो । ग १ च २७७० नम्वरको जीप सल्यानको छापडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । को गा १ ज २७७० नम्बरको जिप खलंगा १ नजिकै खोल्सामा दुर्घट्ना भएको हो ।
सल्यान, १० फागुन : छिमेकीको कुटाईबाट आज सल्यानमा एकजनाको ज्यान गएको छ । लक्ष्मीपुर गाविस वडा नं. २ निवासी ३७ वर्षिय भिमबहादुर विकको उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सल्यान–पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ सल्यानले समुद्र सतहदेखि करिब दुई हजार मिटर उचाइको कैलाशसिद्ध गुफाभित्र शनिबार बैठक गरेको छ । पर्यटकीयस्थलका रुपमा हेरिएको सबैभन्दा अग्लो लेक कुमाखको काखमा रहेको कैलाशसिद्ध गुफा जिल्लाकै सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । त्यसको प्रचारप्रसार हुन नसकेपछि बैठकको आयोजना गरिएको पत्रकार महासङ्घ सल्यानका अध्यक्ष रमेशकुमार गौतमले जानकारी दिनुभयो ।
सल्यान, २४ माघ : सल्यानको कालीमाटीमा बेवारिसे अवस्थामा भेटिएका झन्डै डेढ दर्जन बम नेपाली सेनाले निष्क्रिय पारेको छ । ओडारमा राखिएको अवस्थामा भेटिएका १७ वटा सकेट बम भगवती दल गण सिमखर्कबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
सल्यान, २१ कातिक : सल्यानको घाँजरी पिपलमा टाउको नभएको बालक जन्मिएको छ । सोमबार बिहान पौने ९ बजे आफ्नै घरमा जन्मिएको बाललको टाउको छैन भने आँखा दुईवटा काँधमा र मुख छातिमा रहेको छ । घाँजरी पिपल १ पाखापानीका बसन्त रोका र देवी रोकाको तेस्रो सन्तानको रुपमा जन्मिएका बालकलाई हेर्नेको भिड लागेको छ । बालकको नाक र कान भने छैन ।