रोल्पा, १ माघ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरेरै छाड्ने अठोट गर्नुभएको छ । आजदेखी रोल्पाको माडीचौरमा शुरु भएको रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले शान्ति विरोधी षड्यन्त्रलाइ परास्त गरी प्रतिक्रान्तिकारीको योजना विफल बनाउन पार्टी एकढिक्का भएर जाने वताउनुभयो ।
रोल्पा, ३० पुस : बिहिबार परेको हिउँ पग्लन नपाउदै आज तुसारो थपिएपछि चिसोले रोल्पाको जनजीवन कष्टकर बनेको छ । चिसोले जिल्लाका दक्षिणी भेगका सखि, डुब्रिङ, झेनाम, दुबिडाँडा, बुढागाउँ, नुवागाँउ, गैरिगाउँ, जुगार, लगायतका गाविसका बासिन्दाहरुलाई घरभित्रबाट बाहिर निस्कन समेत गाह्रो भएको छ ।
रोल्पा, १३ मंसिर : पाचौँ डिभिजन दहवन रोल्पामा लडाकुहरुको पुनर्वर्गीकरण आज सम्पन्न भएको छ । सेना समायोजन विशेष समिति अन्र्तगतको सचिवालयले सोमबार सम्म पुनर्वर्गीकरण सक्ने गरी काम थालेको भएपनि प्राविधिक समस्याले आज सकिएको हो । २ हजार ४ सय ३० जना लडाकुहरु रहेको पाचौँ डिभिजन दहवन रोल्पामा १ हजार २ सय ९२ जनाले समायोजन रोजेका छन् भने ९ सय ४२ जनाले स्वच्छिक रोजेका छन् ।
रोल्पा, १९ असोज : अर्थमन्त्री वर्षमान पुनले दशै लगत्तै सेना समायोजन प्रक्रिया टुंगोमा पुग्ने सम्भावना बढेको बताउनुभयो । दशैंको अवसरमा गृह जिल्ला रोल्पा पुग्नुभएका मन्त्री पुनले आज बिहान सञ्चारकर्मीसंग कांग्रेस, एमाले र मधेवादी दलहरुसँग नम्र्स, मोडालिटी, संख्या र प्याकेजमा जानेका बारेमा सहमति भइसकेकाले दशैं लगत्तै रिग्रुपिङ गर्ने तयारी भएको जानकारी दिनुभयो ।
रोल्पा, ३१ भदौ : पूर्वी रोल्पाको रुइनीबाङ बजारमा पहिरोले घर पुरिदा ७ जनाको ज्यान गएको छ । शनिबार राति ३ बजे घर माथिबाट खसेको पहिरोले त्यहाका ६ घर पुरेको हो । प्रहरीका अनुसार घटनाका १८ जना घाइतेहरुलाई जिवितै उद्धार गरियो । मृत्यु भएकाहरुको शव पहिरोबाट निकाल्ने प्रयास भइरहेको छ ।