प्युठान, २३ फागुन : प्युठानमा आज भएको सडक र्दुघटनामा परि २ जनाको मृत्यु भएको छ । २ दर्जन बढी घाईते भएका छन् । मृत्यु हुनेहरुमा रोल्पाका २७ वर्षिय राजु पुन र रामबहादुर बिष्ट रहेको प्रहरीले जनाएको छ । घाईते मध्य ६ जनाको अबस्था गम्भिर रहेकोले उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचार गरि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएका छ ।
प्यूठान, २० फागुन : नेपाल विद्युत् प्राधिकरण सिस्टम विभाग स्विचाटारको निर्देशनमा बुटवल पावर कम्पनी प्यूठानले जिल्लामा आजदेखि गर्न लागेको लोडसेडिङ स्थानीयले गर्न दिएका छैनन् । पछिल्लो एक सातादेखि आन्दोलनमा उत्रिएका स्थानीयले आज बिहान ५ बजेदेखि विद्युत् उत्पादन केन्द्रमा धर्ना दिएका छन् ।
प्युठान, १२ फागुन : प्यूठानको धुबांग गाविस वडानम्बर २ मा हिजो भएको आगलागीमा परेर १२ वटा घर र ९ वटा गोठ जलेर नष्ट भएको छ । आगलागिमा परि १९ वटा बाख्रा, सात वटा गाइ , ३ वटा सुंगुर र एउटा भैँसी जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
प्यूठान, ९ फागुन : हिजो भएको दुर्घटनामा मृत्यु भएकाका आफन्तजनले क्षतिपूर्तिको माग गर्दै प्यूठानमा बाटो बन्द गराएका छन् । दुर्घटनापछि मृतकका आफन्तजनहरुले शव सडकमा राखेर बाटो बन्द गराएका हुन् । बन्दका कारण प्यूठान जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन भने जिल्ला भित्रने यात्रुहरुलाई पनि समस्या परेको छ ।
प्यूठान, ८ फागुन : प्यूठानको दाखाक्वाडीमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनास्थलमै ज्यान गएका ३ बाहेक खलंगा १ बस्ने बसन्ता खड्काको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घटनास्थलमै दाखाक्वाडी ३ बस्ने दुर्गा बहादुर धामी, बिजुली ३ निवासी लाल प्रसाद श्रेष्ठ र धुवाङ ३ बस्ने कमल भण्डारीेको ज्यान गएको थियो ।