Sunday, 26 May 2013 04:41 am, Nepal

बसको ठक्करबाट १ जनाको ज्यान गयो

मेचीकाली : 2013-05-10 08:41:34

दाङ, २७ वैशाख : दाङमा आज बिहान गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान करिब ३ बजेतिर पूर्वपश्चिम राजमार्गअन्र्तगत लालमटिया ४ लालमटियामा गाडीको ठक्करबाट सोही ठाउँ निवासी ४५ वर्षिय भोलाराम दमाइको मृत्यु भएको इलाका प्रहरी कार्यायल भालुबाङले जानकारि दिएको छ ।


पुरा पढ्नुहोस्

बस र मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

मेचीकाली : 2013-04-18 08:43:10

दाङ, ५ वैशाख : दाङमा गएराती बस र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको चैलाही १ अर्नहवामा लमहीबाट काठमाडौ जादै गरेको ना ४ ख ४२१५ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको रा २ प १७१७ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार चैलाही २ का २५ बर्षिय लेखराज शर्माको घटनास्थलमै मृत्यु भएको हो ।


पुरा पढ्नुहोस्

बन्दले पाँच जिल्लाको जनजीवन प्रभावित

मेचीकाली : 2013-04-16 08:35:28

 दाङ, ३ वैशाख : थारु समुदायसँग सरोकार राख्ने विभिन्न संघसस्थाले गरेको बन्दका कारण पश्चिमका पाँच जिल्लाको जनजीवन प्रभावित बनेको छ । ललितपुरको एक घरमा कम्लहरी बसाइएकी दाङको देउखुरी लालमटीयाकी सृजना चौधरीको जलेर मृत्यू भएको घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारबाही र क्षतिपुर्तिको माग गदै पाँच जिल्ला आज र भोलि बन्द गराइएको छ ।


पुरा पढ्नुहोस्

निर्दयी आमाले छोरीलाई मारेर आफूपनि मरिन्

मेचीकाली : 2013-04-08 08:43:56

दाङ, २६ चैत : दाङको मानपुर गाबिसमा एक आमाले एक बर्षिया छोरीलाई बिष खुवाएर हत्यागरि आफुले पनि आत्महत्या गरेकी छन् । मानपुर गाबिस २ सन्नेवा निबासी २१ बर्षिय सानु चौधरीले १ बर्षिया छोरीलाई गएराती १० बजे बिष खुवाएर हत्या गरेकी हुन् । त्यसपछि उनले आफुले पनि बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 


पुरा पढ्नुहोस्

वर्षाका कारण दाङमा आठ करोड मुल्यको इट्टा नष्ट

मेचीकाली : 2013-02-07 08:54:25

दाङ, २५ माघ : लगातार परेको बर्षाका कारण दाङमा करिब ८ करोड मुल्य बराबरको इट्टा नष्ट भएको छ । सोमबार राती देखी परेको बर्षाका कारण दाङका बिभिन्न क्षेत्रमा रहेका चिम्नी र भुसे इट्टा उद्योगमा रहेका पोल्न बाँकी करिब २ करोड ५२ लाख पिक काचाँ इट्टाहरु नष्ट भएको दाङ देउखुरी इट्टा उद्योगका अध्यक्ष रोम ओलीले जानकारी दिनुभएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु