दाङ, २२ असोज : एकिकृत नेकपा
माओवादीका बिदेश बिभाग प्रमुख कृष्णबहादुर महराले केहि समयमा नै नयाँ
सरकार गठन हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले शुक्रबार
बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महराले
यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेता महराले सरकार कति समयमा
बन्छ भन्नयकिन नभएको भन्दै वर्तमान देखिएको गतिरोध लामो समय नरहने दावी
गरे । नेता महराले हाल भइएरहेको निश्कर्षविहिन चुनावी प्रक्रियालाई बदल्न
सबै दल सहमत भएकाले छिट्टै अर्को प्रक्रियामार्फत सरकार गठन हुने विचार
व्यक्त गरे ।
दाङ, १९ असोज : नेपालगन्जबाट दाङ आउँदै गरेको रा १ ख ३७९ नम्बरको ट्रक मंगलबार बिहान पूर्व–पश्चिम राजमार्गको अन्र्तगत दाङको सतवरिया गाविस–३ कप्तानगन्जमा पल्टिँदा १० जना घाईते भएका छन् । घाईते मध्ये चारको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नेपालगन्ज निबासी ३९ वर्षीय पवन ठाकुर, सोही ठाउँका ४४ वर्षीय मोहन मतियार, ४५ वर्षीय स्माइल हलुवाई र ३४ वर्षीय रामजन अली रहेका छन् ।
दाङ, १२ असोज : सोमबार बिहानदेखि अवरुद्ध दाङ–सल्यान सडकखण्ड अझैसम्म पनि सुचारु हुन सकेको छैन । राप्ती राजमार्गअन्र्तगत दाङको तुल्सीपुर नगरपालिका–१ राम्री र हरनेटीको बीचमा पहिरो खसेपछि सोमबार बिहान १० बजेबाट सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । सोमबारबाटै पहिरो हटाउन दुईवटा डोजरले काम गरिरहे पनि धेरै पहिरो खसेकाले मंगलबार दिनभर पहिरो हटाउन समय लाग्न सक्ने प्रहरीले जानकारी दिएको छ ।
दाङ, ३ असोज : नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि हरप्लेस नामक गैर सरकारी संस्थाले पाँचहजार एक रुपैयाँ प्रदान गरेको छ। े घोराहीमा आयोजित एक कार्यक्रममा उक्त संस्थाका संयोजक बिनोद केसीले महासङ्घका अध्यक्ष प्रताप रेग्मीलाई सो रकम हस्तारन्तरण गरेका छन् ।
दाङ, ३० भदौ
पञ्चकुले–६ मठ्यौरीकी शान्ता परियारलाई खाना पकाउन असाध्यै मनपर्ने गर्दछ ।
केही वर्ष पहिले धुँवाले गर्दा खाना पकाउन धौधौ मान्ने परियारलाई अहिले
अरू काम भन्दा खाना पकाउनु परे हुन्थ्यो भन्ने लाग्ने गर्दछ ।‘मलाई खाना
पकाउन असाध्यै मन पर्छ, धुँवा कत्ति पनि नआउने हुनाले मलाई खाना पकाउन
सजिलो हुनेगरेको छ ।’ उनले भनिन् । घरमा सुधारिएको चुल्हो निर्माण गरेपछि
उहाँको दैनिकी फेरिएको हो । ‘सुधारिएको चुल्हो नबनाउँदा असाध्यै धुँवा
हुन्थ्यो, कहिल्यै खाना पकाउन नपरोस् भन्ने लाग्दथ्यो, अहिले त आफंै खाना
पकाउन अग्रसर हुन्छु ।’ उनले भनिन् ।