Wednesday, 23 May 2012 06:54 am, Nepal

ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

मेचीकाली : 2010-12-29 14:40:23

दैलेख, १४ पुस : सुर्खेतबाट कालिकोटतर्फ व्यापारिक सामान लिएर जाँदै गरेको भे १ त ३२१९ नंको ट्र्याक्टर दैलेखको खड्कवाडा गाविस वडा नं ७ को सेफ्टी भन्ने ठाउँमा गएराति दुर्घटना हुँदा त्यसमा सवार चालकसहित तीनैजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नवराज खड्काका अनुसार मृत्यु हुनेहरुमा सल्यान जिल्ला खलङ्गा गाविस-४ का ट्रयाक्टर चालक ३० वर्षीय भीमबहादुर बस्नेत, सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका-४ का २० वर्षीय विनोद बस्याल र दैलेख जिल्ला मेहेलतोली गाविस-३ निवासी २१ वर्षीय सहचालक रेशम खड्का रहेका छन्।

पुरा पढ्नुहोस्

दुईवटा टाउको भएको शिशुको जन्म

मेचीकाली : 2010-12-27 09:36:24

दैलेख, १२ पुस : दैलेखको भैरीकालिकाथुम गाविस–९ दाहाचौर निवासी ३७ वषीर्या विष्णुकला नेपालीले दुईवटा टाउको भएको नवजात शिशुको जन्म दिएकी छन् । प्रशव व्यथा लागेपछि गाउँको बालेकाँडा उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा दिउँसो ३ बजेतिर जन्मेको नवजात शिशुको दुईवटै टाउकोमा आँखा रहेको स्थानीय बखत खत्रीले जानकारी दिए ।   बाइस वर्षअघि देउराम नेपालीसँग विवाह बन्धनमा बाँधिएकी विष्णुकलाले चार छोरा र एक छोरीपछि यसपटक जन्म दिएकी नवजात शिशु छोरी हो ।

पुरा पढ्नुहोस्

रुनेहरु जम्मा हुन थाले

मेचीकाली : 2010-12-14 12:19:28

संविधान निर्माणका लागि रुवाबासी प्रतियोगिता

दैलेख, २८ मंसिर : राजनीतिक दलहरुले आ–आफ्ना दलगत स्वार्थमा अल्झिएर संविधान निर्माण कार्यलाई थाति राखेको भन्दै दबाब दिने उद्देश्यले सदरमुकाममा आज रुवाबासी प्रतियोगिता हुनेछ । प्याक्डोन नेपालको आयोजनामा संविधान निर्माणका लागि दबाब दिने भनिएको यो कार्यक्रममा छिमेकी जिल्ला सुर्खेत, अछाम र कालिकोटबाट समेत सहभागी र दर्शकहरु आउन थालेका छन् । जिल्लाका सभासद् र राजनीतिक दलहरुलाई निम्ता गरिएको भए पनि सभासद्हरुले भने कार्यक्रमप्रति चासो नदेखाएको आयोजकले बताएका छन् ।

पुरा पढ्नुहोस्

बिमा भर्न सहमत हुनेलाई मात्र टेलिफोन !

रासस: 2010-11-23 16:45:52

ठगी धन्दामा टेलिकम प्रमुख

दैलेख, ७ मंसिर :  नेपाल टेलिकम, दैलेखका कार्यालय प्रमुख अनिल आचार्यले कमिसनको लोभमा आफू सम्बद्ध बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा भर्न सहमत हुनेलाई मात्र टेलिफोन लाइन दिने गरेका उपभोक्ताले बताएका छन् । यसअघि ५सय  लाइन क्षमताको इ–टेन बी प्रणालीको ल्यान्डलाइन साधारण फोनको नेटवर्क विस्तारपछि ३ सय लाइन क्षमता थप गरेपछि हाल नयाँ टेलिफोन वितरण थालिएको मौका पारी एक लाइन टेलिफोन लिनको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा भर्न कार्यालय प्रमुख आचार्यले करकाप पार्ने गरेका हुन् ।

पुरा पढ्नुहोस्

दलितको टाउकोमा जुठो चिया

मेचीकाली : 2010-09-27 09:34:55

दैलेख, ११ असोज : दैलेखको भैरीकालिकाथुम गाविस–१ सिलङ्गी गाउँमा चिया पसले ६२ वर्षीया मागिसरा थापाले आफूले खाँदै गरेको चिया छोएको भन्दै एक दलित युवकलाई तातो जुठो चिया टाउकोमा खन्याई दिएकी छन् ।सोही ठाउँको लिउँडा निवासी २७ वर्षीय डम्बर विक आइतबार दिउँसो चिया पसलमा चिया खान भनी केही साथीसहित गएको समयमा मागिसरा बसेकै बेञ्चमा बस्ने बित्तिकै खाँदै गरेको चिया छोएको भन्दै सिधै अनुहारमा पर्ने गरी निधारमा छ्यापेको प्रत्यक्षदर्शी स्थानीय हर्कबहादुर विकले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु