Wednesday, 23 May 2012 06:54 am, Nepal

अस्पताल लैजाने मान्छे नहुँदा सुत्केरीको मृत्यु

मेचीकाली : 2012-04-28 08:46:12

जाजरकोट, १६ वैशाख : जाजरकोटको थालारैकर–३ डाँडापाडामा सुत्केरी हुन नसकेर एकजना महिलाको मृत्यु भएको छ । थालारैकर–३ डाँडापाडाका २४ वर्षका विनी नेपालीको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । दुई दिन अगाडीबाट सुत्केरी व्यथा लागेको नेपालीलाई अस्पताल लैजाने घरमा कोही पनि नभएकाले ज्यान गएको स्थानीय पूर्णबहादुर खत्रीले बताउनुभयो । 


पुरा पढ्नुहोस्

संविधानमा जाजरकोटबासीको माग समेट्न लाग्ने खनालको भनाई

मेचीकाली : 2012-04-17 11:39:06

जाजरकोट, ५ वैशाख : नेकपा एमाले अध्यक्ष झलनाथ खनालले भावी संविधानमा जाजरकोटवासीहरुका मागलाई समेट्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शान्ति र संविधानको विषयमा आज जाजरकोटवासीहरुसँग टेलिफोन छलफल गर्दै अध्यक्ष खनालले यस्तो बताउनुभएको हो । 


पुरा पढ्नुहोस्

घरमै बसेर राम्रो आम्दानी

मेचीकाली : 2012-04-16 17:42:51

जाजरकोट, ४ वैशाख : देशमा रोजगारी नभएको भन्दै दिनदिनै सयौँको संख्यामा यूवाहरु खाडि मुलुकहरुमा पलायन भैरहेका बेला जाजरकोट झाप्राका एक युवा घरमै बसेर वर्षेनी लाखौँको आम्दानी गर्न सफल हुनुभएको छ । जिल्लाको झाप्रा ७ गाम्काका २५ वर्षिय गगन बहादुर बुढाले यतिबेला आफ्नै बारीमा लगाएको कागतीको रस बेचेर वर्षेनी डेढ/दुई लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । 


पुरा पढ्नुहोस्

स्नातह तहका विद्यार्थीहरु भुँईमा बसेर परीक्षा दिँदै

मेचीकाली : 2012-04-09 11:41:49

जाजरकोट, २७ चैत : भवन अभावमा जाजरकोटका स्नातक तहका विद्यार्थीहरु  भुइँमा बसेर परीक्षा दिन बाध्य भएका छन् । हिजोदेखि सुरु भएको स्नातक तहको प्रथम वर्षको परिक्षामा जाजरकोटबाट सहभागीमध्ये करिब ४ सय बढी विद्यार्थीहरु भुँईमा बसेर परीक्षा दिन बाध्य भएका हुन् । जिल्लाको एक मात्र क्याम्पस भेरी ज्ञानोदय क्याम्पसमा नियमित र आंशिक गरी १ हजार ३ सय ४७ विद्यार्थीहरुले आवेदन फारम भरेका थिए ।

पुरा पढ्नुहोस्

हर्बोलाई ३ दिनभित्र आधिकारिक विवरण पेश गर्न निर्देशन

मेचीकाली : 2012-03-26 08:52:07

जाजरकोट, १३ चैत : जिल्ला प्रशासन कार्यालय जाजरकोटले जाजरकोटमा रहेका हर्बो ईन्टरनेश्नलका प्रतिनीधिहरुलाई ३ दिनभित्र आधिकारिक विवरण पेश गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा रहेका हर्बोका झविलाल घिमिरे, पंकज पूरुष, वीरेन्द्र शाही र सरीता खड्का लगायतलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर निर्देशन दिनुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु