Wednesday, 23 May 2012 06:54 am, Nepal

पत्रकार महासंघद्वारा परीक्षा बहिष्कार

मेचीकाली : 2012-03-25 11:36:55

जाजरकोट, १२ चैत : नेपाल पत्रकार महासंघ जाजरकोटले चलिरहेको एसएलसी परीक्षा बहिष्कार गर्ने निर्णय गरेकोे छ । गत शुक्रबार खेगनकोटको दल्ली परीक्षा केन्द्रमा अनुगणका लागि गएका महासंघ अध्यक्ष राजेन्द्र कार्कीलाई अनुगमनमा रोक लगाएको विरोधमा परीक्षा बहिष्कार गर्ने निर्णय गरिएको उपाध्यक्ष जनक केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

चिट चोर्ने परीक्षार्थीको औला भाचियो

मेचीकाली : 2012-03-20 16:08:51

जाजरकोट, ७ चैत : एसएलसी परीक्षामा चिट चोरेको भन्दै जाजरकोटको रोकायगाउंस्थित वीरेन्द्र ऐश्वर्य उच्च माध्यमिक विद्यालयमा खटिएका केन्द्राध्यक्ष हर्कबहादुर खड्काले कुटपीट गर्दा छात्रा रञ्जा शाहीको हातको औंला भांचिएको छ ।

पुरा पढ्नुहोस्

‘राष्ट्रिय सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने’

मेचीकाली : 2012-03-13 12:32:12

जाजगरकोट, ३० फागुन : नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेसको नेतृत्वमा सरकार गठनका लागि भोलिबाट प्रक्रिया सुरु हुने बताएका छन् । जारकोटमा मंगलबार विहान पत्रकारहरुसँग महामन्त्री सिंहले यस्तो बताएका हुन् । काङ्ग्रेस क्षेत्र नम्बर १ जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न सिंह जाजरकोट आइपुगेका हुन् ।

पुरा पढ्नुहोस्

भीरबाट लडेर युवकको मृत्यु

मेचीकाली : 2012-02-06 08:44:41

जाजरकोट, २३ माघ : जाजरकोट सदरमुकाम भन्दा १४ कोष टाढा सक्ला गाविस २ स्थित कोटपाखामा भीरबाट लडेर एक युवकका मूत्यु भएको छ । मृत्यु हुनेमा लह गाविस ६ का २७ वर्षिय धनबहादुर खत्री रहेका छन् । अत्याधिक मदिरा सेवन गरेका कारण भीरबाट खसेर खत्रीको मृत्यु भएको हुन सक्ने  सक्ला प्रहरी चौकिले अनुमान गरेको ।

पुरा पढ्नुहोस्

सिण्डिकेटका विरुद्धको आन्दोलनले तीन दिनदेखि जाजरकोट बन्द

मेचीकाली : 2012-01-12 12:25:18

जाजरकोट, २८ पुस  : यातायात ब्यवसायीहरुको सिण्डिकेटका विरुद्ध तीन दिनदेखि संघर्षमा उत्रिएका जाजरकोटका विद्यार्थीको आन्दोलनमा विभिन्न पेशागत संगठनहरुले पनि समर्थन गरेका छन् । जाजरकोटमा रहेका भेरी गंगा र भेरी राप्ती यातायात ब्यवसायी संगठनको सिण्डिकेटका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु