सुर्खेत, ११ जेठ : गत वैशाख ७ गते परेको असिना पानीले सुर्खेतका विभिन्न ठाउ“मा गरी करिब छ करोड बराबरको क्षति भएको जिल्लास्तरीय अनुगमन समितिले जनाएको छ । जिल्लाका अधिकांश क्षेत्रमा असिनाले असर गरेको भए पनि ६ गाविसमा समितिले अनुगमन गर्दा रु चार करोड बराबरको क्षति भएको र अन्य गाविसमा भएको क्षतिलाई जोड्दा छ करोडभन्दा बढी हुनसक्ने अनुमान गरिएको हो ।
सुर्खेत, ५ जेठ : गुरुयोजनाअनुसार काम नहुँदा सुर्खेत विमानस्थलको भविष्य अन्योलमा परेको छ । विमानस्थल निर्माण गर्दा गुरुयोजनाविपरीत काम गरिएकाले अहिले समस्या देखिएको हो । गुरुयोजनामा पूर्वदेखि पश्चिमतर्फ धावनमार्ग बनाउने उल्लेख गरिए पनि उत्तरदेखि दक्षिणतर्फ धावनमार्ग बनाइएकाले अहिले समस्या देखिएको हो ।
सुर्खेत, १८ वैशाख : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाउनुभएको छ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका राजनाीतिक शक्तिहरुले नै सुरुमा स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेको प्रेस युनियन सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले बताउनुभयो ।
सुर्खेत, १३ वैशाख : सरकारले अभियानको रुपमा सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा फिरन्ते जीवन बिताउँदै आएका राउटे सहभागी भएनन् । उनीहरूले औषधि खानुलाई आफ्नो संस्कृतिविपरीत भएको भन्दै खान नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली सदरमुकाम फिर्ता आएको छ ।
सुर्खेत, १६ चैत : छोराले अन्तरजातीय विवाह गरेपछि केटी पक्षकाले सुर्खेत रामघाटमा केटाकी आमा र आफन्तलाई कुटपिट गरेका छन् । चैत १३ गतेका दिन भएका दुईवटा विवाहमध्ये एउटा बालविवाह र अर्को उमेर पुगेको थाहा हुँदा पनि अन्तरजातीय विवाहकै कारणले कुटपिट भएको हो ।