सुर्खेत, २२ वैशाख : नेपाल विद्युत् प्राधिकरण सुर्खेतले विद्युत आपूर्तिमा अनियमितता गरेको भन्दै सुर्खेतका व्यवासायीहरुले विरोध गरेका छन् । लोडसेडिङको समय तालिकाभन्दा अरु समयमा पनि लोडसेडिङ गरेको भन्दै उनीहरुले प्राधिकरणले समस्या समाधानमा कुनै पहल नगरेको आरोप लगाएका हुन् ।
सुर्खेत, १३ वैशाख : सातामा ६३ घण्टा लोडसेडिङको चर्को मार खेपिरहेका सुर्खेत उपत्यकाभित्रका नागरिकहरु फेरि खानेपानीको मारमा परेका छन् । गर्मीयाम सुरुभएसँगै पानीको मुहानहरु सुक्दै गएको भन्दै झुप्रा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पाँचओटा स्किममा ३६ घण्टामा एक पटक पानी आपूर्ति गर्न थालेपछि उपत्यकाभित्रका नागरिकहरुलाई सास्ति भएको हो ।
सुर्खेत– राजधानी बाहिर पहिलो पटक शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय स्तरको चलचित्र महोत्व–२०६९ हुने भएको छ । राष्ट्रिय चलचित्र विकास बोर्डको आयोजनामा महोत्सव हुन लागेको हो । आइतबारसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका करिब ७० जना कलाहरुले सहभागीता जनाउने भएका छन् । महोत्सवमा सुचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडी र पर्यटन तथा नागरिक उड्यानमन्त्री लोकेन्द्र विष्टमगर पनि सहभागी हँुदैछन् ।
सुर्खेत– सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । राष्ट्रिय चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरका करीव ७० जना कलाहरुको सहभागिता रहनेछ । यसैबीच महोत्वकै अवसर पारेर सुर्खेतका बिभिन्न चलचित्र हलहरुमा ६ वटा चलचित्र प्रर्दशन गरीने राष्ट्रिय चलचित्र महोत्सव मुल आयोजक समितिले जनाएको छ । चलचित्र विकास बोर्डले ६ वटा चलचित्र प्रर्दशनका लगि छनोट गरेको हो ।
सुर्खेत, ८ फागुन : यहाँका खेतीयोग्य जमिन बर्सेनि पाँच हेक्टरका दरले मासिंदै गएको छ । बढ्दो सहरीकरणले गर्दा यहाँका उर्वरा खेतीयोग्य जमीन प्लटिङ गर्दै घर बनाउन थालिएपछि मासिएको हो । खेतीयोग्य जमीन धमाधम बिक्री गर्ने र घर बनाउन थालिएपछि जमिनको भू–भाग पनि घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता प्रकट गरेको छ ।