सुर्खेत, १ असोज -बाँदर र दुम्सीले मकैबाली सोत्तर पार्न थालेपछि जिल्लाको प्रस्तावित चौकुने सिमेन्ट कारखाना क्षेत्रका किसान बाली बचाउन बारीमा बास बस्न थालेका छन् । बाँदर र दुम्सीबाट मकै बचाउन जिल्लाको पश्चिम क्षेत्रका छाप्रेडाँडा चौकुने कोइरल बास हाडाकानालगायत गाउँका किसान बारीमा टहरा बनाएर दिनरात पहरा दिन थालेका छन् । मकै बचाउन खाना खान पनि पालो गर्नु परेको र केही किसानले बाढीमा नै पकाएर खानुपर्ने अवस्था सिर्जना भएको गुटु गाउँ विकास समिति–१ ओटपोखरीका किसान देवबहादुर थापाले बताए ।
सुर्खेत, ३० भदौ
सिम्रिक
एयरको एउटा हेलिकोप्टर सुर्खेतको कुनाथरी गाविसस्थित बड्डीचौरमा आपतकालीन
अवतरण गरिएको छ। हुम्लामा खाद्यान्न पुर्याएर सुर्खेतका लागि फर्किएको
उक्त हेलिकोप्टर खराब मौसमका कारण सुर्खेत आउन नसक्ने देखेपछि अवतरण गरेको
बताइएको छ। ९ एन एइएल हेलिकोप्टर प्राविधिक कारणले नभई खराब मौसमका कारण
आपतकालीन अवतरण गरिएको जानकारी सम्बन्धित स्रोतले दिएको छ। त्यस क्रममा
कुनै क्षति नभएको पनि उसले जनाएको छ।
सुर्खेत ३० भदौ
अखिल नेपाल यातायात मजदुर सङ्घले आजदेखि भेरी र कर्णाली अञ्चलमा अनिश्चितकालीन यातायात बन्द गराएको छ । बसले बालिकालाई ठक्कर दिएर मारेको भन्दै आइतबार सुर्खेतको राकम गाविसस्थित गजौडाका स्थानीय बासिन्दाले चालकलाई कुटपिट गरी भेरी नदीमा बगाएको आरोप लगाउँदै सङ्घले अनिश्चितकालीन यातायात बन्द गरेको हो । सङ्घले चालक वकिल बुढाथोकी हालसम्म बेपत्ता रहेकाले उनको अवस्था सार्वजनिक गर्न माग गर्दै आजदेखि भेरी र कर्णाली अञ्चलमा अनिश्चितकालीन यातायात बन्द गरेको जनाएको छ ।
सुर्खेत, २९ भदौ
बसले
बालिका किचेर मारेको भन्दै सल्यान र सुर्खेतको सीमाक्षेत्र सुर्खेतको गजौडा
राकमका गाउँलेले चालकलाई कुटपिट गरी जिउँदै भेरी नदीमा बगाइदिएका छन् ।
सुर्खेत राकम–२ गजौडामा तीन वर्षीया बालिकालाई भेरी–राप्ती बस व्यवसायी
समितिको बसले किचेपछि मृत्यु भएको थियो । बालिकाको मृत्युपछि आक्रोशित
गाउँलेले ना३ख ६६५१ नम्बरका बसका चालक ओकिल बुढाथोकीलाई कुटपिट गरी भेरी
नदीमा बगाएको बस व्यवसायी समिति सल्लीबजारले जनाएको छ ।
सुर्खेत, २८ भदौ
मध्यपश्चिमका विभिन्न जिल्लामा झाडापखालाको प्रकोप फैलिरहेको समयमा
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लामो समयदेखि दरबन्दीअनुसारका
डाक्टर छैनन् । २४ जना डाक्टरको दरबन्दी रहेको सो अस्पतालमा हाल छ
जनामात्र डाक्टर कार्यरत छन् । गत ०६२ मा जिल्ला अस्पताल सुर्खेतलाई
क्षेत्रीय अस्पतालको रूपमा परिणत गरिएको सो अस्पतालमा स्थापनादेखि नै
दरबन्दीअनुसारको डाक्टर नभएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार १५
जना डाक्टरको पद रिक्त छ भने पदपूर्ति गरिएको नौजनामध्ये अहिले जम्मा
छजनाले मात्र काम चलाइरहेका छन् ।