Wednesday, 23 May 2012 06:56 am, Nepal

भारतीय कन्सुलरको पुत्ला दहन

मेचीकाली : 2012-05-18 11:39:16

वर्दिया, ५ जेठ : वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आज बिहान बर्दियाको भुरिगाउँमा कान्सुलर मेहेताको पुत्ला दहन गरिएको छ । कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन गर्न उक्साएको भन्दै त्यसको विरोधमा स्वतन्त्र युवा सञ्जाल भुरिगाउँले मेहेताको पुत्ला जलाएको हो ।


पुरा पढ्नुहोस्

१० प्रदेशको प्रस्तावमा सहमत हुने आधार : संचारमन्त्री

मेचीकाली : 2012-04-28 11:37:36

बाँके, १६ वैशाख : सुचना तथा संचार मन्त्री राजकिशोर यादवले एकीकृत नेकपा माओवादीले प्रस्तुत गरेको १० प्रदेशको प्रस्तावमा मधेशवादी दलहरु सहमत हुन सक्ने आधार देखिएको बताउनुभएको छ । आज बाँकेमा भएको पत्रकार सम्मेलनमा यादवले माओवादीले अघि सारेको संघीय राज्यको प्रस्तावलाई थप परिष्कृत गरेर सहमति जनाउन सकिने बताउनुभयो । 


पुरा पढ्नुहोस्

प्रतिकारमा भारतीय डॉका मारिए

मेचीकाली : 2012-04-25 11:22:26

 बर्दिया, १३ वैशाख :

बर्दियाको गुलरीयामा गाउँलेको प्रतिकारमा एक भारतीय डॉका मारिएका छन् ।    जिल्लाको सानोश्री गाविस—१ स्थित हरिराम थारुको घरमा गएराती हतियारसहित लुटपाटका लागि आएका डॉकालाई स्थानियले प्रतिकार गरेका थिए । प्रहरी नायव उपरिक्षक यमुना रज्जकले प्रतिकारमा मारिएका डाँका भारतको उत्तर प्रदेश लखिमपुरका ३५ वर्षिय जगदिश चमार हरीजन भएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

बस दुर्घटनामा एक जनाको मृत्यु

मेचीकाली : 2012-03-16 18:35:47

बर्दिया, ३ चैत : पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्मापुर नजिक आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु १० जना गम्भीर घाइते भएका छन् । कोहलपुरबाट कैलाली जाँदै गरेको ना ४ ख ४९५८ नम्बरको बस दुर्घटना हुँदा कपडी गाविस डोटीका मानबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

बर्दियामा विवाहको ट्याक्टर दुर्घटना, दुलहीसँगै ४ जनाको मृत्यु

मेचीकाली : 2012-02-25 08:40:42

वर्दिया, १३ फागुन  : बर्दियाबाट दुलही लिएर कैलालीका लागि छुटेको  ट्रयाक्टर चिसापानि नजिकै दुर्घटना हुदा दुलहीसँगै ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ठाकुरद्धारा २ गोब्रेलाकी २० वर्षीया दुलही पुष्पा चौधरी,  करीष्मा चौधरी र  सुष्मा चौधरीको घटनास्थलमै मृत्यु भएको हो भने  निर्मला चौधरीको उपचारका लागि कोहलपुर ल्याउदैै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगांउ बर्दियाले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु