बर्दिया, १० फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत लगायतका देशी विदेशी शक्तिहरू नेपालमा संविधान बन्न नदिन र शान्ति प्रक्रिया विथोल्न लागिपरेको आरोप लगाएका छन् । बर्दिया माओवादीद्धारा जनयुद्धको माइतीगाउँ सोरहवा-२ जगतियामा मंगलबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन भारतलगायतका विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरुले षड्यन्त्र गरिरहेका छन्, त्यसले हाम्रो स्वाभिमान र राष्ट्रियता संकटमा परिरहेको छ ।’
वर्दिया, ४ माघ : बर्दियाको बाँसगढीमा एक महिलाको हत्या प्रयास भएको छ । घरमै सुतीरहेको बेला मधु जागालाई मंगलबार विहान ६ बजे अपरिचित समूहले घरमै सुतिरहेको बेला गोली प्रहार गरेको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी जागाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गोली हान्ने समूहको खोजीका लागि बर्दिया र बाँकेका प्रहरीले विहानैदेखि सर्च अप्रेशन जारी राखेका छन् ।
बर्दिया, ११ मंसिर : एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले बर्दियाको राजापुर क्षेत्रका जग्गाधनीहरूको धानबाली भित्र्याउन रोक लगाएका छन् । माओवादीका स्थानीय नेताहरूले किसानहरूलाई आफूले तोकेकै ठाउँमा लगेर धान बुझाउन कडा निर्देशन दिएका छन् । उनीहरूले राजापुर गाविसका पूर्वअध्यक्ष एवम् काँग्रेस नेता विनोदध्वज चन्द, कृष्णप्रसाद सिग्देल, पूर्वमन्त्री दमनध्वज चन्द र जग्गाधनीहरू रामध्वज चन्द, प्रेमनाथ बहेललगायतका किसानको घरमा गई एकीकृत माओवादीका कार्यकर्ताको अनुमतिबिना बटैया नगर्न समेत निर्देशन दिएका छन् ।
बाँके, ३ मंसिर : जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंजमा अवस्थित औद्योगिक क्षेत्र, बैंक तथा अन्य वित्तिय संस्थाहरुको सुरक्षाका लागि नेपाल प्रहरी संगठनको सुरक्षा सेवा विशिष्टिकरणको अवधारण अनुरुप औद्योगिक दस्ताको रुपमा एक मोबाइल सुरक्षा टोली परिचालन गरेको छ । बिग्रीएर रहेको बा.१ झ ५३५८ नम्बरको निसान गाडी उद्योग बाणिज्य संघ, उद्योग व्यवसायी तथा बैंकहरुको संयुक्त सहयोगमा ५ लाख रुपैयाँको लागतमा मर्मत गरी उक्त दस्ताको लागि प्रयोग गरिने जिल्ला प्रहरीले जनाएको छ ।
वर्दिया, २ मंसिर : नेपालीकांग्रेस बर्दिया क्षेत्र नम्वर-३ का कोषाध्यक्ष एवं अगुवा कार्यकर्ता
दलबहादुर गुरुङको हत्याको विरोधमा कांग्रेस बर्दियाले आजदेखि
अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि
जिल्लामा सवारी साधन चल्न सकेका छैनन भने बजार पनि बन्द रहेको छ । प्रेस,
एम्बुलेन्स, दमकल, शव वाहन लगायतका सवारी साधनलाई भने कुनै रोकावट नगरिएको
कांग्रेसले जनाएको छ । गुलरिया, बाँसगढी, ताराताल, मैनापोखर लगायतका
क्षेत्रका प्रमुख बजार आज सुनसान रहेका छन् ।