नेपालगञ्ज, ४ जेठ : सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टीले उठाएका १० सुत्रिय मागप्रति सरकार गम्भीर नभएको भन्दै भोली देखी आफु समेत आमरण अनसनमा बस्ने घोषणा गर्नुभएको छ ।
नेपालगन्ज, ४ जेठ : बाँके जिल्ला इन्द्रपुर गाविसका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारले उनीहरूलाई विद्यालय जान रोक लगाउने गरेको पाइन्छ । त्यस गाँउका परिवारमा बाल्य तथा किशोरी अवस्थामा विवाह गरिदिने प्रचलनले जरा गाडेको छ ।
नेपालगन्ज, २९ वैशाख : तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दलहरुका जायज माग सम्बोधन गरेर दोस्रो संविधानसभाको निर्वाचन गराइने बताउनुभएको छ ।
बाँके, १९ वैशाख : एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी देशभरका एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा अहिले नै अग्रस्थानमा रहेको दाबी गर्नुभएको छ । नेपालगन्जमा आज अगुवा कार्यकर्तासंगको भेटमा अध्यक्ष खनालले मुलुकभरको लहर हेर्दा आसन्न संविधानसभा चुनावमा आफनो पार्टी पहिलो नमबरमा आउने बताउनुभएको हो ।
नेपालगञ्ज, १६ बैशाख : नेपालगञ्जको धम्वोजीमा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ११ वटा पसल जलेर नष्ट भएका छन् । ५ वटा मोवाईल पसल, ३ वटा रेडिमेट कपडा पसल, एउटा रेष्टुरेन्ट, भाँडा पसल, घडी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ । सुनिल गुप्ताको मोवाईल पसलबाट सुरु भएको आगोले नईन राईनी, लालु चौधरी, विष्णु पौडेल, सान राइनी, पप्पु हलवाई, लल्लु राइनीलगायतको पसलपनि जलेका हुन् । गएराती १२ बजेदेखि आगालागि सुरु भएपनि दम्कल भने करिव एक घण्टा ढिला आएकाले धेरै पसलमा क्षती पुगेको पीडित नईन राईनीले जानकारी दिए ।