नेपालगञ्ज, ९ वैशाख : नक्कली प्रक्रिया पुर्याएर सवारी चालक अनुमति लिन खोजेका ९६ जनालाई आज प्रहरीले नेपालगञ्जमा नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु नवलपरासी, चितवन र बुटवलका छन् । उनीहरु सबै भेरी अंचल यातायत कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन त्यहाँ पुगेका हुन् । बसपार्कको जलजला र क्यापिटल होटेलबाट सरकारी प्रक्रियाको कागजात तयार गरिरहेको अवस्थामा प्रहरीले दलाल सहित लाइसेन्स लिन आएकाहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपालगन्ज, ७ वैशाख : बाँकेको राँझा इमामनगर व्यारेकका नेपाली सेनाका कर्णेल राजु नेपालीले नेपालगन्जका पत्रकार दिनेश गौतमलाई समाचार लेखेका कारण दिएको धम्कीप्रति नेपालगन्जका सञ्चारसम्बद्व बिभिन्न सङ्घसङ्गठनले भत्र्सना गरेका छन् ।
बाँके, १ वैशाख : मधेस स्वायत्त प्रदेशको समर्थनमा सदभावना पार्टी गजेन्द्रवादीले आजदेखि बाँकेको नेपालगन्जमा १० दिने हस्ताक्षर अभियान सुरु गरेको छ । नेपालगन्जको त्रिभुवन चौकमा आजेखि सुरु भएको हस्ताक्षर अभियान बैसाख १० गतेसम्म संचालन हुने बताइएको छ ।
नेपालगञ्ज, २८ चैत : नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा अस्पतालका सुपरिटेण्डन्डले रातको बेला बिरामी निकाल्न थालेको विषयमा अहिले तनाव उत्पन्न भएको छ । आज बिहान ३ बजे एक्कासी अस्पतालको गाईनी वार्डमा प्रवेश गरेका मेडिकल सुपरिटेण्डेण्ड डा. नरेन्द्र रायले गाईनि वार्डमा काम गर्ने डा. नभएको र बिरामीलाई उपचार गर्न नसक्ने बताउँदै ताला लगाउन कस्सिएका थिए ।
बाँके, २४ चैत : ट्रकको ठक्करबाट नेपालगन्जमा आमाछोरीको मृत्यु भएको छ । नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिक साझ ट्रकले किच्दा कारकादो ९ का २० बर्षिया माधुरी मिश्राको घटनास्थलमै र छोरी ४ बर्षिया मधुको उपचारका क्रममा राति पौने १२ बजे मृत्यु भएको हो । पैदल हिडिरहेका आमा छोरीलाई ना.२ ख. ९२७४ नं. को ट्रकले ठक्कर दिएको थियो ।