नेपालगन्ज, ५ माघ : बांकेको होलियामा अपरिचित समूहले गोली हानी एक महिलाको हत्या गरेको छ । अपरिचित समुहले गोली चलाउंदा होलिया २ का ५२ बर्षिया नन्हा यादवको वुधवार राती घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सिमापारी भारतीय भूमीबाट आएको समूहले होलिया २ स्थित बहादुर यादवको घरमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज, ४ माघ : नेपालका गैरसरकारी संस्थाहरुले सामाजिक विकासका लागि भनी खर्च गर्ने रकममध्ये १० प्रतिशतमात्र लक्षित वर्गसम्म पुग्ने गरेको खुलासा भएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय भरतजङ्गमका अनुसार मध्य तथा सुदूरपश्चिमाञ्चलका जिल्लामा लगानीको अध्ययन हेर्दा गैरसरकारी संस्थाको कुल खर्चको ९० प्रतिशत रकम कर्मचारी, पदाधिकारी र प्रशासनिक काममा खर्च भएको देखिन्छ ।
नेपालगञ्ज, २ पुस : नेपालगञ्ज गुलेरीया सडकखण्डको बिच सडकमा फेला परेको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्कृय गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँंकेदेखि झण्डै डेढ किलोमिटर पश्चिममा रहेको ईन्द्रपुर ९ स्थित सडकको कल्भर्टमा बम फेला परेको थियोे । श्री न. ४ बाहिनी राझाबाट क्याप्टेन दिलबहादुर खडकाको नेतृत्वमा आएको सेनाको टोलीले बम निष्कृय पारेको हो ।
बाँके, २९ पुस : नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शान्ति र संविधान निर्माण प्रक्रियामा जिम्मेवार नभएर एकीकृत नेकपा माओबादी आफैं विलीन भएको जाने बताउनुभएको छ । आज बाँकेमा नेपाल प्रेस युनियनको कार्यक्रममा कोइरालाले अनेक वहानाबाजी गरेर माओवादी आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो ।
नेपालगञ्ज, १९ पुस : नेपालगन्ज विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलित संर्घष समितिले आज पनि नेपालगन्ज भन्सार नाका ठप्प पारेका छन् । नेपालगन्ज विश्वविद्यालय स्थापना तयारी तथा संघर्ष समितिको अगुवाईमा आइतबारदेखि भन्सार नाका ठप्प पार्दै राजश्व संकलन गर्न बन्द गरिएको हो ।