Wednesday, 23 May 2012 07:00 am, Nepal

यार्सागुम्बा टिप्न लाग्दा भिरबाट लडेर २ जनाको मृत्यु

मेचीकाली : 2012-05-07 17:56:03

बझाङ, २५ वैशाख : यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको भिरबाट लडेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा धमेना ९ का २६ वर्षिय देवगिरी ऐडी र सुर्मा ४ भेराका जय बहादुर बोहरा रहेका छन् । दुई साता अघि यार्सा संकलनका लागि काँडा गाविसको देलला भन्ने ठाउँमा गएका ऐडीको आज भिरबाट लडेर मृत्यु भएको हो । 


पुरा पढ्नुहोस्

हर्बोका कागजात सहित एजेन्ट नियन्त्रणमा

मेचीकाली : 2012-04-07 17:42:11

बझाङ, २५ चैत : जिल्ला प्रशासन कार्यालयले बझाङले सदरमुकाम चैनपुरमा रहेको हर्बो ईन्टरनेशनल प्रालिको सम्पर्क कार्यालयमा छापामारी कागजात तथा केही सामाग्री नियन्त्रणमा लिएको छ । आज  सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको नेतृत्वमा गएको प्रहरी सहितको टोलीले सम्पर्क कार्यालयमा छापा मारेको हो ।  

पुरा पढ्नुहोस्

जीप दुर्घटनामा मृत्यु हुनेको सङख्या ७ पुग्यो

मेचीकाली : 2012-03-27 09:52:19

बझाङ, १४ चैत : बझाङमा हिजो भएको जीप दुर्घटनामा परी मर्नेको संख्या ७ पुगेको छ ।  सदरमुकाम चैनपुरबाट मौरीबगरतर्फ आउदै गरेको से १ च ३५१ न को जिप रिठापाता गाविसको बिमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो ।

पुरा पढ्नुहोस्

बझाङमा यात्रुबाहक जीप दुर्घटना, ६ जनाले ज्यान गुमाए

मेचीकाली : 2012-03-26 17:37:51

पीडितका आफन्तद्वारा जिल्ला प्रशासनमा धर्ना

बझाङ, १३ चैत : बझाङको सदरमुकाम चैनपुरबाट मौरीबगरतर्फ आउदै गरेको से १ च ३५१ न को जिप रिठापाता गाविसको बिमानस्थल नजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

चिट चोराउन नदिँदा परिक्षा केन्द्रमा ढुङ्गामुढा, सातजना घाइते

मेचीकाली : 2012-03-23 17:45:29

बझाङ, १० चैत : एलएलसी परीक्षामा चिट चोराउन नपाएको झोकमा बझाङ जिल्लाको सत्यवादी उच्च मावि परीक्षा केन्द्रमा विद्यार्थीका अभिभावकहरुले ढुङ्गामुढा प्रहार गरेका छन । ढुङ्गामुढा प्रहारबाट परिक्षा सञ्चालन सहयोग समितिका सदस्य, निरीक्षक र सुरक्षाकर्मीलगायत सातजना घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु