बाजुरा, १६ चैत : भालुको आक्रमणमा परी जगन्नाथमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाविस–२ हुनी घर भएका अम्मलाल महत्तराकी ९ वर्षिया छोरी बालकुमारी महत्तरा रहेकी छन् । उनको गाउँ नजिकै रहेको केवल पाटा भन्ने जंगलमा भैसी चराउन गएको बेला भालुले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको कलक ओलीले बताउनुभएको छ ।
बाजुरा, २८ फागुन : भ्रष्टाचारको आरोपसहित जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिइएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा भवानीप्रसाद शर्माले रातारात जिल्ला छाडेका छन् । भ्रष्टाचारको आरोप लागेका शर्माले जिल्ला छाडेपछि जिल्लाको समग्र स्वास्थ्य अवस्था अलपत्र परेको छ ।
बाजुरा, ४ माघ : बाजुरा जिल्लाको पूर्वोत्तर एक गाविसमा चुल्हो छोएको आरोपमा मङ्गलबार दुई दलित कुटिएका छन् । दलित दलितबीचमै उपल्ला जातिको नाममा झगडा भएको हो । घाइते दुवैजनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
बाजुरा, २७ पुस : बाजुराको हिमाली क्षेत्रमा केही दिनदेखि हिमपात भएपछि स्थानियबासिन्दा जाडो छल्न बेँसी झरेका छन् । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने पाण्डुसैन, कोल्टि, रुगिन, दहकोट, बिच्छया वाईलगायतका ११ वटा गाविसका बासिन्दा बेँसी झरेका हुन् । गाउँमा एक दुई फिटभन्दा बढी हिमपात भएपछि जिल्लाको कोल्टि बाजुराको तल्लो भेगमा पर्ने बाह्रबिस कुल्देबमाण्डौ, बह्रमतोला र अछाम बसाई सरेका हुन् ।
बाजुरा, १९ पुस : बाजुरामा २० प्रतिशतले २० वर्षभन्दा कम उमेरमा नै गर्भवती हुनेगरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्लामा महिला तथा किशोरकिशारीको प्रजनन स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने ब्रिटेन नेपाल मेडिकल ट्रस्ट नामक संस्थाले सो तथ्याङ्क सोमबार सार्वजनिक गरेको हो ।