Wednesday, 23 May 2012 07:02 am, Nepal

भाइरल ज्वरोले अस्पतालमा विद्यार्थीको घुइँचो

मेचीकाली : 2010-09-27 18:12:56

बाजुरा, ११ असोज : बाजुरा जिल्ला अस्पतालमा भाइरल ज्वरोका कारण उपचार गर्नका लागि विद्यार्थीको घुइँचो लाग्ने गरेको छ । ज्वरोका कारण अस्पतालमा आफ्नो पढाइलाई ध्यानै नदिएर वा स्कुलमा नगएर उपचारका लागि प्रतिदिन ७० देखि ८० जना विद्यार्थी उपचारका लागि आइरहेका अहेव मीनबहादुर कटुवालले बताए ।

पुरा पढ्नुहोस्

१० बर्षदेखि ओढारमा बास

मेचीकाली : 2010-09-24 10:53:14

कुष्ठरोगीकी श्रीमति भन्दै लखेटिएको थियो

बाजुरा, ८ असोज : गोत्री गाविस–५ धारीकाँडा गाउँकी वृद्धा लालपुरा नेपाली ओढारमा बसोबास गर्दै आएकी छन् ।  करिब एक दशकदेखि गोत्री गाविस–५ को घनघोर जङ्गलको रावत धारा भन्ने ढुङ्गे ओढारमा बस्दै आएकी नेपालीले आफ्नो जीवनमा तीनवटा विवाह भएको र अन्तिम श्रीमान्को कुष्ठरोग लागी मृत्यु भएपछि आफू ढुङ्गे ओढारमा बस्न बाध्य भएको गुनासो पोखिन् । 'कुष्ठरोगीकी श्रीमती भनेर गाउँबाट अपहेलित भएपछि जङ्गलका जडिबुटी, कन्दमूल खाएर बाँच्नु परेको छ',उनले भनिन् ।

पुरा पढ्नुहोस्

११ गाविसमा खाद्यान्न सङ्कट

मेचीकाली : 2010-08-18 12:08:46

बाजुरा, २ भदौ
बाजुराको पूर्वोत्तर क्षेत्रका ११ गाविसका बासिन्दा यतिबेला खाद्यान्न सङ्कटको चपेटामा परेका छन् । खाद्य संस्थानको कोल्टी डिपोमा चामल रित्तिएकाले यस क्षेत्रका पाण्डुसेन, कोल्टी, कोटिला, जगन्नाथ, वाई, बाँधु, साप्पाटा, जुकोट, रुगिन, गोत्री र बिच्छ्याँ गाविसका बासिन्दालाई खाद्यान्न सङ्कट भएको हो ।

पुरा पढ्नुहोस्

चुनाव बिथोल्न कार्यालयमा आगो

एजेन्सी: 2010-08-16 12:06:47

बाजुरा, ३१ साउन
बाजुरामा सदरमुकाम मार्तडीमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा आइतवार राति अज्ञात समूहले आगजनी गरेको छ । तीन दिनअघि कार्यालय तोडफोड भएको थियो । तोडफोडमा काँग्रेसकै तीन कार्यकर्ता संलग्न थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेपनि काँग्रेस नेताहरुकै आग्रहमा रिहा गरिएको तीन दिन पछि कार्यालयमा आगजनी गरिएको छ । सोमबारको चुनाव बिथोल्न आगो लगाउको हुनसक्ने आशंका गरिएको छ ।

पुरा पढ्नुहोस्

पहिरोमा परी ७ जनाको मृत्यु

मेचीकाली : 2010-08-10 11:08:29

बाजुरा, २५ साउन
 बाजुराको बाह्रविस गाबिस-५ जुवापानीको दलित बस्तीमा सोमबार २ बजे राती गएको पहिरोमा परी एकै परिवारका चार जना सहित सात जनाको मृत्यु भएको छन्। बेपत्ता भएकाहरुमा महामति चँदारा सहित उनका तीन छोरा रोशन, राजु र शंकर तथा लक्ष्मी चँदारा, सरस्वती चँदारा र भागी चँदाराको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोबाट चार घरहरु पुरीका छन् , समदुरमुकादेखि एक दिनको पैदल दुरीमा पर्दछ घटना स्थल सदरमुकाम देखि एक दिनको पैदल दुरीमा पर्दछ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु