Thursday, 20 June 2013 08:30 am, Nepal

डोटीमा चट्याङका कारण दुई जनाको मृत्यु

मेचीकाली : 2013-04-21 14:04:14

डोटी, ८ बैशाख : डोटीको घण्टेश्वरस्थित एक बिद्युत पोलमा परेको चट्याङ गाउँभरि प्रवाह भएपछि करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । १५ जना भन्दा बढी गाउँले घाईते भएका छन् । घण्टेश्वर गाविसको घोरडी गाउंमा गएराती परेको चट्याङ्गबाट ६५ बर्षिय तारा सिंह मल्ल र ४७ बर्षिया रामकली देवी डांगीको मृत्यु भएको प्रहरी निरीक्षक बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।


पुरा पढ्नुहोस्

एचआईभी सङ्क्रमित गाई गोठमा

मेचीकाली : 2013-01-28 14:56:04

डोटी, १५ माघ : डोटीको काडामाण्डौकी १२ वर्षिया एक बालिका झण्डै दुई वर्षदेखि दिपायल सिलगढी नगरपालिका १३ रातोलीमा गाईगोठमा बस्न बाध्य भएकी छन् । जन्मैदेखि एचआईभी÷एड्स सङ्क्रमित काली बोगटीका आमाबाबु उनी सानै हुँदा मृत्यु भएपछि उनी बेसाहारा बनेकी हुन् । 


पुरा पढ्नुहोस्

सुदूरपश्चिम क्षेत्रिय महोत्सव आगामी फागुनमा हुने

मेचीकाली : 2013-01-15 17:44:39

डोटी, २ माघ : सुदूरपश्चिम क्षेत्रिय महोत्सव २०६९ आगामी फाल्गुन २ गतेदेखि १२ गतेसम्म डोटीको दिपायलमा आयोजना हुने भएको छ । “सुदूरपश्चिमको डोटी किल्ला,कृषी पर्यटन सँस्कृतिका नौ जिल्ला ” भन्ने मूल नाराका साथ डोटी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्ने भएको वाणिज्य संघले आज आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 


पुरा पढ्नुहोस्

अपेडट : डोटीको छतीवनमाभएको बस दुर्घटना मृत्यु हुनेको संख्या ३१ पुग्यो

मेचीकाली : 2013-01-12 14:47:52

मृत्यु हुने सबैजसो अछामका बासिन्दा

डोटी, २८ पुस : डोटीको छतीवनमा भएको बस दुर्घटनामा मर्ने सबैजसो छाम जिल्लाका वासिन्दा रहेका छन् । केहीको बसोबास टीकापुर रहेपनि उनीहरुको घर अछाममा रहेको प्रहरीले जानकारी दिएको छ । डोटीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ३१ मध्ये ११ जनाको सनाखत भएको छ ।

पुरा पढ्नुहोस्

डोटीमा भयानक दुर्घटना २९ जनाको मृत्यु थुप्रै घाइते

मेचीकाली : 2013-01-12 08:39:02

डोटी, २८ पुस : अछामको जैगडबाट कैलालीको टीकापुर जाँदै गरेको बस डोटीको छत्तिवनमा दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । ना ४ ख ३६०३ बस डोटीको छतीवन गाविस ९ रुपसकाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जनाभन्दा बढी घाइते छन् । मृत्यु हुनेमा २२ पुरुष, ६ महिला र एकजना बालक रहेको डोटीका प्रहरी निरीक्षक दिलीप सिंहले जानकारी दिएका छन् । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु