डोटी, २७ चैत : माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन कार्य चैत मसान्तभित्र टुङ्ग्याएरै छाड्ने बताउनुभएको छ । रातदिन एक गरेर भएपनि समायोजन कार्य चैत ३० गते भित्र टुङ्गोमा पुर्याउने बताउनुभयो ।
डोटी २१ चैत : बाढीले बगाउंदा डोटीको गगुडा गाविसमा दुई महिलाको मृत्यु भएको छ । गांउनजिकै भुनगडा जंगलमा बाख्रा चराउन गएका बेला हिजो सांझ असिनापानी पछि आएको बाढीले बगाएर स्थानिय भावना बम र कमला बमको मृत्यु भएको हो । भावनालाई नारीतालमा हिजो साझ र कमलालाई स्थानिय घट्टेखोलामा आज बिहान मृत अवस्थामा भेटाइएको हो ।
डोटी, ४ चैत : डोटीको कलेना गविसलाई जोड्ने विद्युत् ट्रान्सफर्मरमा चट्यांङ पर्दा विगत ५ दिनदेखि अवरुद्ध विद्युत सेवा अझै सुचारु हुन सकेको छैन । यही फागुन ३० गते बिहान आएको हावाहुरी र अविरल वर्षासँगै परेको चट्याङका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा कलेना गविसका लागि जडान गरीएको ट्रान्सफर्मर क्षतिग्रस्त बनेको थियो ।
डोटी, ३ चैत : नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले पश्चिम सेती सुदूरपश्चिमका लागि मात्रै नभएर देशकै लागि महत्वपूर्ण आयोजना भएकाले बताउनु भएको छ । पार्टीको कामले अछाम जाने क्रममा आज डोटीको सिलगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
डोटी, १७ माघ : डोटीको छतीवन गाविस ९ रुपस्काँड भन्ने ठाँउमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । कर्मचारीहरु बोकेर दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ना १ च ७०३८ नम्बरको एनसेलको गाडी अनियन्त्रित भई बिहान ३ बजे दुर्घटना भएको हो ।