Thursday, 20 June 2013 04:51 am, Nepal

पहिरोले बगाउँदा २ जनाको मृत्यु

मेचीकाली : 2013-06-18 08:40:32

अछाम, ४ असार : अछामको कुन्तीबण्डाली गाविस ३ मिस्तुर भन्ने गाउँमा पहिरोले बगाउँदा २ जनाको मृत्यु भएको छ ।  पहिरोले घर पुर्दा स्थानीय अनिशा बोगटी र उहाँकी छोरीको मृत्यु भएको हो । पहिरोमा परेर स्थानीय मिनबहादुर बोगटी सहित छोराहरु मुकेश र रोहित घाइते हुनुभएको छ । 


पुरा पढ्नुहोस्

अछाममा एचआईभी संक्रमितको सङ्ख्या १३ सय

मेचीकाली : 2013-06-05 08:49:24

 पुरुषभन्दा महिला बढी 

अछाम, २२ जेठ : अछाम जिल्लामा १३ सय २६ जना एचआईभी संक्रमित रहेका बताइएको छ । जिल्ला एड्स समन्वय समितिले सार्वजनिक गरेको बैशाख महिना सम्मको तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थान तथा स्वास्थ्य संस्थामा ५७ हजारको रगत जाँच गरिएको थियो । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । 

पुरा पढ्नुहोस्

प्रेम गरेको आरोपमा अछाममा एक दलित युवालाई १० वर्ष देश निकाला

मेचीकाली : 2013-05-22 08:46:08

अछाम, ८ जेठ  : गैरदलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाम भैरबस्थानका एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान गाविस वडा नं. २ का १७ वर्षीय महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले गम्भीर कुटपिट गर्दै १० वर्ष सम्म नेपाल र्फकन नपाउने घोषणा गर्दै देश निकाला गरीएको हो ।


पुरा पढ्नुहोस्

चिट चोराउने ९ जना प्रहरी हिरासतमा

मेचीकाली : 2013-03-17 11:37:27

अछाम, ४ चैत : प्रवेशिका परीक्षाको तेस्रो दिन आज अनिबार्य गणित बिषयको परिक्षा चलिरहदा मंगलसेन परीक्षा केन्द्रबाट चिट चोराउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुपेन्द्र भन्डारी, केसर बोहोरा, सुरेस बोहोरा, विक्रम बोहोरा, कृष्ण कुवर, रेवन्त विष्ट, शिव कुमार यादव, भैरव विष्ट र लोकेन्द्र शाही रहेका छन् ।


पुरा पढ्नुहोस्

चिसो बढेपछि सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर

मेचीकाली : 2013-02-05 11:38:22

अछाम, २३ माघ : चिसो बढेपछि सुदूरपश्चिमको पहाडी जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । अछामलगायत सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बझाङलगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । हिजो साँझबाट सुरु भएको पानी पर्ने क्रम जारी छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु