अछाम–अछाम जिल्लाका विभिन्न पर्यटकीय स्थलको अध्ययन गरी गरुयोजना तयार गर्ने कार्ययोजना अन्तर्गत तारागाउँ विकास समितिको टोलीले विभिन्न क्षेत्रको अध्ययन गरेको छ । समितिका संयोजक लीला खनालले अछाम जिललाको रामारोशन क्षेत्र, खप्तड, बैद्यनाथ, त्रिवेणी, मंगलसैन दरवार, तितौडा, धरेला, जीमराडी, बाननीगढी बर्दादेवी, चण्डीका, कर्णाली लगायतका क्षेत्रको अध्ययन गरेको बताउनु भयो ।
अछाम, २ वैशाख : अछाम जिल्लाको रामारोशन गाविसमा १ सय २७ जना गर्भवति महिला रहेको पाईएको छ । गर्भवति महिलाको घरमा संकेतका लागि रातो झण्डा राख्ने अभियान शुरु भएपछि गाविसमा १ सय २७ गर्भवति महिला रहेको पाईएको हो ।
अछाम– अछाम, डोटी र सुर्खेत जिल्लाको संगममा पर्ने त्रिवेणी बिनिघाटमा तेस्रो त्रिवेणी महोत्सव शुरु भएको छ । त्रिवेणी बिनिघाटलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको त्रिवेणी पर्यटकीय महोत्सव मुल आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर साउदले बताउनुभयो ।
अछाम, २६ चैत : अछामको मलातिकोट गाविसमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्ब्र ४ निवासी १७ वर्षीय जगत खत्रीको घास काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो । शनिवार घास काट्न जंगल गएका खत्रीको आईतवार विहान मात्र शव प्राप्त भएको हो । खत्रीले पिंगला मावि मलिातिकोटबाट यस वर्षको प्रवेशिका परीक्षा दिएका दिनु भएको हो ।
अछाम, ३ चैत : अछाम जिल्लामा आज कमेरो माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । अछाम जुपु गाविस वडा नं.१का १४ वर्षिय पवन परियारको झकार खोलामा कमेरो निकाल्ने समयमा कमेरोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।