Wednesday, 23 May 2012 07:04 am, Nepal

अछाममा रुख र भिरबाट खसेर २ को मृत्यु

मेचीकाली : 2012-03-09 08:43:40

दाङमा भएको दुर्घटनामा १ जनाको मृत्यु

अछाम, २६ फागुन : अछाम जिल्लामा रुखबाट खसेर हिजो एकको मृत्यु भएको छ ।  घोडासैन गाविस वडा नं. ९ निवासी ५१ वर्षियाा पुरे जैसीको रुखबाट खसेर मृत्यु भएको हो । गाविसको रतौड बनमा घाँस काट्नेक्रममा रुखबाट खसेर मृत्यु भएको स्थानिय ईश्वरप्रसाद जेशीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

नौमुठे गाईको उचित संरक्षण नहुँदा लोप हुने चिन्ता

रासस: 2012-02-12 14:43:33

अछाम, २९ माघ : विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने नौमुठे गाई (अछामी)ले विगत लामो समयदेखि स्थानीयस्तरदेखि एसियामै चर्चा चुम्न सफल भए पनि आवश्यक संरक्षण र प्रवद्र्धन हुन नसकेका कारण अहिले यो गाई नै लोप होला भन्ने चिन्ता बढेको छ ।

पुरा पढ्नुहोस्

आगलागीमा परी २ को मृत्यु, ३ घर जलेर नष्ट

मेचीकाली : 2012-02-07 11:39:07

अछाम, २४ माघ : अछाम जिल्लाको बूढाकोट गाविस वडा २ मा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । ऐराडा टोलमा भाने ढोलीको घरमा आगो लाग्दा भानेका छोरा कालु ढोली र झंकरे ढालीको मृत्यु भएको छ । ४६ बर्षीय भाने ढोली र उहाँकी श्रीमती सेतुदेवी आगलागीमा परेर गम्भीर घाईते भएको स्थानिय मोहन थापाले बताउनुभयो । सेतु देवीको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

पुरा पढ्नुहोस्

बेबारिसे बम खेलाउँदा बालकको मृत्यु

मेचीकाली : 2011-07-15 16:18:12

अछाम, ३१ असार : बेवारिसे बम खेलाउँदै गर्दा पड्केपछि अछाममा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । अछामको बिन्देबासिनी  गाबिस वडा नं. ७ खिमाडा गाउका १२ बषिर्य बिक्रम साउदको मृत्यु भएको छ । सोही गाउँकी ५ वर्षीया कविता साउद घाइते भएकी छन् । घाइते बालिकाको स्थानिय मेल्लेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक शुशिल सिं राठोरले बताए ।

पुरा पढ्नुहोस्

पहिरोमा परेर आज पनि तीनजनाको मृत्यु

मेचीकाली : 2011-07-02 09:59:47

अछाम, १८ असार : अबिरल बर्षापछि आएको बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम रोकिएको छैन । हिजोमात्रै देशका विभिन्न स्थमाना १० जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको थियो । आज बिहानै अछाममा थप तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अछामको मालतीकोट गाविस–७ तालीगाउँका  १४ वर्षीय रमेश विक १० वर्षीय ध्रव विक र ९ वर्षीय इसरा विक रहेको जनाइएको छ । पहिरोमा पुरिएर नाम खुल्न नसकेका अर्का एक बालक घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु