dashain
Thursday, 18 October 2018 09:20 pm, Nepal

कैलालीको बीउ देशभर

मेचीकाली : 2018-09-11 13:02:36

कैलाली, लम्की, २६ भदौ : जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो ।

पुरा पढ्नुहोस्

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

मेचीकाली : 2018-08-23 14:59:27

–शेरबहादुर सिंह भीमदत्तनगर, ७ भदौ (रासस) शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो ।

पुरा पढ्नुहोस्

प्रदेश नं ७ मा बजेट माथि छलफल

मेचीकाली : 2018-06-18 13:03:52

धनगढी, ४ असार: प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५/७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ ।छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गर्नुभयो ।

पुरा पढ्नुहोस्

वायोग्यासले चौधरी वस्तीमा ल्याएको खुशी

मेचीकाली : 2018-06-02 16:14:48

कैलाली १९ जेठ : कैलारी गाउँपालिका–३ लालपुर निवासी सीतादेवी चौधरीलाई न ग्यास सिद्धिएला भन्ने पिर छ न त दाउरा ल्याउन जंगल नै जानुपर्छ । ‘अरु खाना पकाउने ग्यासका लागि सदरमुकाम धनगढी जान्छन्, कहिलेकाहीँ नपाएर रित्तै पनि फर्किन्छन् । तर मलाई कुनै चिन्ता छैन,’ चौधरीले भन्नुभयो, ‘आफ्नै घरमा जडान गरेको छ घनमीटरको वायोग्यासले चार जनाको परिवारलाई खाना पाकेकै छ ।’

पुरा पढ्नुहोस्

डिपिएलको उपाधि धनगढीलाई

मेचीकाली : 2018-04-13 18:19:15

धनगढी : रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धा्रित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो । धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु