कञ्चनपुर, ८ जेठ : अखण्ड सुदूरपश्चिमको पक्ष र विपक्षमा लगातार भईरहेको बन्दले जनजिवन प्रभावित भएको भन्दैं आन्दोलनको कार्यक्रम स्थगित गरेको रानाथारु संयुक्त संघर्ष समितिले फेरी आन्दोलनको घोषणा गरेको छ । रानाथारु समुदायले आफूहरु बसोबास गर्ने भूगोल भित्रको कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’ घोषणा गरिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
कैलाली, ६ जेठ : थारु सङ्घर्ष समितिको आह्वानमा भएको तराई बन्दले तराई जिल्लाको जनजीवन प्रभावित भएको छ । अरू बन्द फिर्ता भएपनि जातीय राज्यको माग गर्दै आएको संयुक्त थारु संघर्ष समितिले आह्वान गरेको तराई बन्द भने आज पनि जारी छ ।
धनगढी, ५ जेठ : शदीयौंदेखि कायम साम्प्रदायिक सद्भाव बिथोलिन नदिन कैलालीको धनगढीमा पहाडी र थारु समुदायको संयुक्त समिति गठन गरिएको छ । अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलनका कारण थारु र पहाडी समुदायबीचको शदीयौ पुरानो सौहार्दपूर्ण सम्बन्ध बिग्रिन थालेकोमा चिन्ता व्यक्त गर्दै समिति बनाइएको हो ।
कैलाली, ३ जेठ : काठमाडौंमा आन्दोलन रोक्ने सहमति भइरहँदा धनगढीमा आज साँझ अखण्ड सुदूरपश्चिमवाला र थरुहटवालाबीच भिडन्त भएको छ । साँझ अबेरसम्म जारी भिडन्तको क्रममा दुबै पक्षका केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले भिडन्त रोक्ने प्रयास गरिरहेको थियो ।
अखण्ड सुदूर पश्चिमको माग राख्दै आन्दोलनरत पक्षले एकीकृत माओवादीको पार्टी कार्यालय र थारुहट स्वायत्त राज्य परिषद्को कार्यालय फेडेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन त्यस विरुद्ध धनगढीमा गर्न लागेको कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्दा झडप भएको बताइएको छ ।