Wednesday, 23 May 2012 07:05 am, Nepal

भारतमा मरेका कुखुराको मासु नेपाली बजारमा

मेचीकाली : 2011-07-09 17:33:57

कैलाली, २४ असार : भारतमा हैजाले मरेका कुखुराको मासु नेपाली बजारमा खुलेआम बिक्री–वितरण भइरहेको छ । प्रहरीको संरक्षणमा त्यस्तो मासु धनगढी नगरपालिका–१२ जुगेडासँग जोडिएको भारतीय क्षेत्र सुडा र सारियापारबाट दैनिक धनगढी आउने गरेको छ । भारतीय क्षेत्रबाट अन्डा र पक्षीजन्य वस्तु नेपाल ल्याउन नपाउने कानुनी व्यवस्था रहेपनि भारतीय क्षेत्रबाट मासु बोरामा हालेर धनगढी ल्याउने काममा एक गिरोह नै सक्रिय रहेको छ ।

पुरा पढ्नुहोस्

दुई नगरपालिका र १५ गाविस बारुदी सुरुङको जोखिममा

मेचीकाली : 2011-07-04 14:45:42

धनगढी, २० असार : द्वन्द्वकालमा बिच्छ्याइएका बारुद, माइनलगायतका विष्फोटक पदार्थका कारण अझै पनि कैलाली जिल्लाका १५ गाविस र दुई नगरपालिका जोखिममा रहेका छन् ।दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भिडन्तका क्रममा जमिनमुनि र वरपर बिच्छ्याइएका बारुदी सुरुङ र विष्फोटक पदार्थका कारण कैलालीमा पनि बालबालिका र महिला बढी जोखिममा परेका छन् ।

पुरा पढ्नुहोस्

तीन प्रहरी निलम्बनमा

मेचीकाली : 2011-06-09 18:57:28

कैलाली, २६ जेठ : वडा प्रहरी कार्यालय धनगढीमा सोमबार एक थुनुवाको रहस्यमय ढङ्गबाट मृत्यु भएपछि नियन्त्रणमा रहेका वडा प्रहरी इन्चार्जसहित तीनजना प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा परेकाहरूमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेश विष्ट, हवल्दार कर्णबहादुर महरा र प्रहरी जवान गोरखबहादुर चन्द रहेका छन् । अनुसन्धानका लागि उनीहरू हाल जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेका छन् ।

पुरा पढ्नुहोस्

थुनुवाको मृत्युबारे अनुसन्धानका लागि तीनजना प्रहरी नियन्त्रणमा

मेचीकाली : 2011-06-07 14:48:03

 कैलाली, २४ जेठ : वडा प्रहरी कार्यालय धनगढीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेको घटनाबारे अनुसन्धानका लागि सो कार्यालयका प्रमुखसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । मृतक रुद्रबहादुर शाहीका भाइ वृखबहादुर शाहीले तीनजना प्रहरीविरुद्ध हत्या गरेको किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पुरा पढ्नुहोस्

वन्दीद्वारा हिरासतभित्रै आत्महत्या

मेचीकाली : 2011-06-06 14:46:33

धनगढी, २३ जेठ : धनगढी वडा प्रहरी कार्यालय कैलालीमा बन्दी अवस्थामा रहेका एक ब्यक्तिले पक्राउ परेको दोश्रो दिन सोमबार बिहान आत्महत्या गरेका छन् । कैलालीको दोधरा गाविस वार्ड नं.-२ का ४० वर्षा रुद्र शाहीले सोमबार बिहान ९ बजे आत्महत्या गरेको प्रहरीले जनाएका छ । उनलाई आइतबार दिउँसो १२ बजेतिर धनगढी नगरपालिका वार्ड नं. १ पशुपती टोल स्थित जय माँ अम्बे सुनचाँदी पसलमा तोडफोड गरेको र पसल मालिक दिनेश बर्माका १७ वर्षा छोरा विवेक बर्माको टाउकोमा ढुङ्गाले हिर्काएको आरोपमा शाहीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु