कैलाली, ३ चैत : अखण्ड सुदूरपश्चिमको माग गर्दै संयुक्त लोकतान्त्रिक परिवेशले आह्वान गरेको सुदूरपश्चिम बन्दका कारण जनजीवन प्रभावित भएको छ । राज्य पूर्नसंरचना आयोगले सुदूरपश्चिमलाई टुक्र्याएर सुदूरपश्चिमवासीको चाहना र भावना माथि ठेस पुर्याएको भन्दै एक दिने बन्द आह्वान गरिएको परिवेशले जनाएको छ ।
कैलाली, २६ फागुन : समयमै नयाँ संविधान निर्माण, संघियताको खारेजी, स्थानीय निकायहरुमा निर्बाचानको माग गदै राष्ट्रिय जनमोर्चाले आज आज सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । संविधान निर्माणको कार्यतालिका बारम्बार परिवर्तन गर्दै जादा शान्ति प्रक्रियासमेत असर पुगेकाले त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।
धनगढी, २० फागुन : डोटीको दीपायल–डौड ग्रामीण सडक निर्माणका क्रममा माथीबाट खसेको पहिरोमा पुरिएर आज दिउँसो तीन कामदारको मृत्यु भएको छ । सडकको ढुङ्गा र माटो पन्छाउने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर डौड गाविस–१ का २४ वर्षीया कला सिंह, ३० वर्षीया भागादेवी सिंह र वडा नं २ की ३२ वर्षीया कलाशादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
धनगढी, १८ फागुन : स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराकासाथ यहाँ सुरु भएको बृहत् छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कन्डोम व्यापारमा वृद्धि भएको मेडिकल सञ्चालकहरूले बताएका छन् । कैलालीको टीकापुर बजारमा रहेको निर्मला मेडिकल सेन्टरका रवीन देवकोटाले पहिलेभन्दा खेलकुद प्रतियोगिता सुरु भएयता आफ्नो मेडिकलबाट कन्डोम व्यापारमा अत्यधिक वृद्धि भएको बताएका हुन् ।
कैलाली, १५ फागुन : बृहत छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएकै दिन व्यवस्थापन ठिक नभएको भन्दै धनगढी र महेन्द्रनगरमा विरोध भएको छ । धनगढीमा हिजो दिउँसो पास नपाएको भन्दै छैटौको सचिवालयमा तोडफोडको प्रयास भएको छ भने राती वक्सिङ्गका अफिसियलले पनि आफुहरुको खान र वस्नको व्यवस्था राम्रो नभएको भन्दै सचिवालयमा विरोध गरेका छन् ।