Saturday, 25 May 2013 11:56 am, Nepal

अपेडेट : दार्चुला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४१ जना घाइते

मेचीकाली : 2013-05-23 08:51:39

दार्चुला, ९ जेठ : दार्चुलामा आज विहान भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी कम्तीमा पनि ४१ जना घाइते छन् । दुर्घटनामा परी ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यू भएको हो । मृत्यु हुनेमा दार्चुला शर्मोली–३ का गोपालसिंह खत्री, खरकडा–९ का कांग्रेस गाउँ समिति अध्यक्ष नरसिंह धामी र बोहरीगाउँका गणेश भट्टको सनाखत भएको छ । 

पुरा पढ्नुहोस्

चमेलिया जलविद्युत बन्न अझै एक वर्ष लाग्ने

मेचीकाली : 2013-04-19 09:46:24

भुपी धामी

दार्चुला, ६ वैशाख  : दार्चुलाको शिखर गाविस बलाचँमा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजना निर्माणमा फेरि ढिलाइ हुने भएको छ । ०६३ सालमा सुरु भई ०६८ वैशाखमा सम्पन्न गर्नुपर्ने भए पनि आयोजनाको अवधि थपेर ०७० साउन पु¥याइएको थियो । साउनसम्ममा पनि आयोजना पूरा नहुने भएपछि दोस्रोपटक एक वर्ष थप्ने गृहकार्य भइरहेको आयोजना प्रमुख राजेन्द्र मानन्धरले बताएका छन् ।

पुरा पढ्नुहोस्

नेकपा–माओवादीको धम्कीपछि निर्वाचनका कर्मचारी फिर्ता

मेचीकाली : 2013-03-31 17:50:18

दार्चुला, १८ चैत : जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा दार्चुलाको मार्मा क्षेत्रमा गएका दर्ता कर्मचारी फिर्ता भएका छन् । नेकपा माओवादीको धम्कीपछि निर्वाचन कार्यालयबाट गएका दर्ता कर्मचारी उत्तम नाथ फर्किनु भएको हो । 


पुरा पढ्नुहोस्

गुणस्तरहीन खाद्य बिक्री गर्नेलाई सार्वजनिक मुद्दा

मेचीकाली : 2012-12-15 19:31:16

दार्चुला, ३० मंसिर : क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दार्चुलामा गुणस्तरहीन खाद्य विक्री गर्ने एक व्यापारीका नाममा सार्वजनिक मुद्दा दायर गरेको छ । खलंगा सदरमुकामका व्यापारी हंशराज अवस्थीका नाममा सार्वजनिक मुद्दा दायर भएको हो ।


पुरा पढ्नुहोस्

बजेट अनियमितता गरेको भन्दै व्यास गाविसबासी आक्रोशित

मेचीकाली : 2012-12-13 08:49:39

दार्चुला, २८ मंसिर : दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रबाट विनियोजन भएको रकममा अनियमितता भएको भन्दै स्थानीयबासिन्दा आक्रोशित बनेका छन् । अपि नाम्पा संरक्षण क्षेत्रबाट गत वर्ष तिंकर बाटो निर्माणको लागि गएको २० लाख रकम कामै नगरी दलीय भागवण्डामा वितरण गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु