दार्चुला, २९ वैशाख : हिजो राति पानीसँगै आएको असिनाले दार्चुला जिल्लाका एक दर्जन गाविसमा फलफूल र तरकारीबाली नष्ट गरेको छ । जिल्लाका मालीकार्जुन, ग्वानी, भगाती, रानिशिखर, शंकरपुर, हुनैनाथलगायतका गाविसहरुमा ओखर, सुन्तोला, मौसम, काफललगायतका फलफुल र तरकारीमा टमाटर, बन्दा, काउली, फर्सी, भान्टा, लसुन, खुर्सानी लगायतका बालीहरु नष्ट गरेको स्थानिय बासिन्दाले बताएका छन् ।
दार्चुला, २० चैत : दार्चुलामा एकीकृत नेकपा माओवादीको समानान्तर जिल्ला कमिटी गठन भएको छ । मोहन वैद्य पक्षधरले जिल्लामा समानान्तर कमिटी गठन गरिएको बताएको छ । फागुन १५ गते धनगढीमा सम्पन्न वैद्य पक्षधरहरुको सेती महाकाली राज्य समिति बैठकले दार्चुलामा जिल्ला सचिवको जिम्मेवारी गणेशसिह खत्री ‘पावेल’लाई दिएको छ ।
दार्चुला, १८ चैत : दार्चुलाको चमेलिया नदीमा दुई बालकसहित दुई महिलाले सामूहिक आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रानीसिखर–४ की पार्वती भट्ट (२२), सरिता भट्ट)१६), सनिल भट्ट (५) र अनिल भट्ट (अढाई) वर्षले सामूहिक आत्महत्या गरेका हुन।
दार्चुला, ४ चैत : दार्चुला सदरमुकाम खलंगामा बालुवाको ढिस्कोले पुरिदा शनीवार साँझ तीन जना वालवालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगा-३ स्थित वीरेन्द्र वन नजिकै उनीहरु बालुवाको ढिस्को मुनी पुरिएका हुन्। पुरिएर मृत्यु हुनेमा शेरी-७ की ६ वर्षीया ऐनी कोट्यारी, सुनसेरा-९ की सात वर्षीया अमृता धामी र खरकडा-३ का अढाई वर्षीय मनोज ओझा रहेका छन्।
दार्चुला, २९ फागुन : दार्चुलाको मालिकार्जुन उच्च माध्यमिक विद्यालय मडमा मावि तहमा गणित विषयको शिक्षक भर्ना गर्दा मोटो रकम घुस खाएको थाहा भएको छ । शिक्षक भर्ना गर्दा उमावि मडका प्रधानाध्यापक सुरेन्द्रराज विष्टले, उम्मेदवारी नदिन पटक पटक दबाब दिएको र १ लाख ६० हजार रुपैयाँ घुस मागेको शिक्षक पदका प्रतिस्पर्धी तथा एक वर्षदेखि त्यहीं निःशल्क पढाउँदै आएको आएका गणित विषयका शिक्षक पुष्पराज जोशीले बताउनुभएको छ ।
|