बैतडी, २८ वैशाख : यस वर्ष बैतडीमा गहुँ उत्पादनमा बृद्वि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गहु खेतीका लागि आवश्यकताभन्दा बढि पानी परेकाले गहु“ उत्पादन वढ्ने भएको हो ।
बैतडी, १५ वैशाख : बैतडीको श्रोकाट ५ तारल मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज विहान करीव साढे ९ बजे तिर बैतडीको सतवाझबाट खोचलेक तर्फ जाँदै गरेको ना १ च २९८ नम्बरको टिप्पर सडकबाट करिव २ सय मिटर तल खसेको हो ।
बैतडी, २० चैत : नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी संविधानसभाको चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । नेकपा एमाले बैतडीको सातौ जिल्ला अधिवेशनको उद्घाटन गर्न बैतडी पुग्नुभएका नेपालले एमालेमा प्रवेश गर्नेहरुको जनलहर बढेकाले पनि चुनावमा पहिलो हुने दाबी गर्नुभयो ।
बैतडी, २२ फागुन : जिल्ला अदालत बैतडीले सामुहिक बलत्कारको अभियोगमा पक्राउ परेका २ जनालाई झण्डै १ बर्षपछि आज फैसला सुनाएको छ । एक किशोरीको सामुहिक बलत्कार गर्ने २ जनालाई जिल्ला अदालत बैतडीले १३ बर्षको जेल सजाय सहित जनहि ५० हजार रुपैया जरिवानाको फैसला सुनाएको हो ।
बैतडी, १४ फागुन : बैतडीमा एडिबीको ऋण सहयोगमा जिल्लाका दुर्गम क्षेत्रमा सडक निर्माणमा संलग्न ड्रिलिपले करोडौं रुपैयाँ खर्च गरे पनि त्यसको प्रभावकारिता भने शुन्य देखिएको छ । पुचौंडी तथा पन्चेश्वर सडकमा करोडौं रकमा योजनाहरु आर्थिक अनियमितताका कारण प्रभावित भएको स्थानीयबासिन्दाले दाबी गरेका छन् ।