Wednesday, 22 August 2018 07:44 am, Nepal

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

मेचीकाली : 2018-06-04 14:17:45

–शेरबहादुर सिंह

भीमदत्तनगर, २१ जेठ : वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ । बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ ।

पुरा पढ्नुहोस्

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

मेचीकाली : 2018-06-03 14:24:51

भीमदत्तनगर, २० जेठ : सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।

पुरा पढ्नुहोस्

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

मेचीकाली : 2018-05-22 10:50:53

कञ्चनपुर, ८ जेठ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् ।

पुरा पढ्नुहोस्

रकम अभावले तटबन्ध निर्माणको काम प्रभावित

मेचीकाली : 2018-05-21 13:35:34

भीमदत्तनगर, ७ जेठ :| रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माण प्रभावित बनेको छ । सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग रु ४५ करोड माग गरेपनि ६ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण प्रभावित बनेको हो ।

पुरा पढ्नुहोस्

असिनापानीले तरकारी बालीमा २५ लाख बढीको क्षति

मेचीकाली : 2018-04-30 15:47:10

कञ्चनपुर, १७ वैशाख : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए । चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएको बताउँदै असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेको बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु