कञ्चनपुर, ६ जेठ : कञ्जनपुरमा आज निकालिएको सद्भाव र्यालीमा झडप हुनुका साथै स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएपनि थारु संघर्ष समितिले आन्दोलन जारी राखेपछि स्थानीयले सदभाव र्याली निकालेका थिए । झडपमा प्रहरी सहित १२ घाइते भएका छन् ।
कञ्चनपुर, २ जेठ : अखण्ड सुदूरपश्चिमको माग गर्दै १९ दिनदेखि जारी बन्दबाट आजित कैलाली–कञ्चनपुरका सर्वसाधारण आजबाट दोहोरो बन्दको मारमा परेका छन् । रानाथारु समुदायले आजबाट आव्हान गरेको अनिश्चितकालिन बन्दका कारण कैलाली, कञ्चनपुरका सर्वसाधारणहरु बन्दको दोहोरो मारमा परेका हुन् ।
कञ्चनपुर, २६ वैशाख : अखण्ड सुदूरपश्चिमको माग अघि सारेर आन्दोलनमा उत्रेको सुदूरपश्चिमाञ्चल जागरण मञ्चले तत्कालका लागि अनिश्चितकालिन आमहड्ताल स्थगित गरेको छ । सरकारले माग सम्बोधनका लागि उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन गरेको वार्ता टोलीको स्वागत गर्दै मञ्चले आजबाट आमहड्ताल स्थगित गरेको हो ।
कञ्चनपुर, २३ वैशाख : कन्चनपुरको महेन्द्र राजमार्ग अन्तर्गत भासी सडकखण्डमा बस दुर्घटना हँुदा दुईजनाको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । लगातारको बन्दका कारण महेन्द्रनगरको बसपार्कमा भारतबाट काम गरी फर्केका नेपालीहरुलाई २÷३ दिनको अन्तरालमा राति प्रहरीले स्कटिङ्ग गर्दै गन्तव्यमा पु¥याउँदै आएको छ ।
कञ्चनपुर, २० वैशाख : विभिन्न माग राख्दै थारु संयुक्त संघर्ष समितिले आज थारुहट क्षेत्र बन्दको आह्वान गरेको छ । सङ्घीय राज्यमा थारु जातिको माग सम्वोधन गर्नु पर्नेलगायतका माग गर्दै थारु संयुक्त सङ्घर्ष समितिले चितवनदेखि कञ्चनपुरसम्मका जिल्लामा आज एक दिने बन्दको घोषणा गरेको हो ।