Sunday, 26 May 2013 09:49 am, Nepal

राजेशले केही महिनाभित्रै विवाह गर्ने

मेचीकाली : 2011-04-29 15:17:31


उनकी गर्लफ्रेन्डको उमेर २५ बर्ष

‘वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ’- पचास टेक्नै लागेका नायक राजेश हमालले बोलेको यो डाइलग कुनै चलचित्रको हैन् । ४८ बर्षका राजेशले आफुभन्दा झण्डै आधा उमेरकी प्रेमिका भेटेपछि बिहे गर्ने निधो गरेका छन । हालै एक साप्ताहिक पत्रिकालाई अन्तरवार्ता दिंदै राजेशले केही समयभित्रै आफ्नो प्रेमसम्बन्धबारे सार्बजनिक गर्ने र सम्बन्ध सार्बजनिक भएको सात आठ महिनाभित्र बिबाह गरिसक्ने बताएका छन् । यो उमेरमा आएर आफुलाई साँच्चिकै बिबाह गर्नुपर्ने महसुस भएको बताए ।

राजेशले दिएको जानकारीअनुसार काठमाडौंकै एक शिक्षित परिवारकी युवतीसँग उनको दुई बर्षदेखि अफयेर चलिरहेको छ । २५ बर्षिया उनकी प्रेमिका हाल अध्ययनमा ब्यस्त रहेकाले अध्ययन सकेपछि बिबाहको योजनामा रहेको बताए । उमेर आधा कम भएपनि दुवैको सोंच मिल्ने राजेशले जानकारी दिए ।

केही बर्षअघि एउटा ग्यादरिङमा भेट भएपछि उनकी प्रेमिका र उनीवीच सम्बन्ध बाक्लिएको थियो । हामीले एक अर्कालाई बुझ्यौं- राजेश भन्छन-वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ । सहयोगीहरुसित लाजिम्पाटमा बस्दै आएका राजेशले अबको जीवन बिबाह नगरि चल्दैन भन्ने लागेरै बिबाहको बाटो रोजेको बताउँछन् । यो सम्बन्ध अझै परिपक्क नभएको भन्दै उनले प्रेममा पागल नभएको बरु सन्तुलित प्रेम गरिरहेको बताए ।

आफ्नो जीवनमा धेरै महिला प्रेमिकाका रुपमा आएको स्वीर्काछन् राजेश । ती मध्ये अधिकांश नेपाल घुम्न आएका बिदेशी पर्यटक रहेको बताउने राजेशले महिलाहरुको सम्बन्धबाट जीवन जीउने कला सिकेको र जीवनका थुप्रै रंग बुझेको बताए । आफ्नो जीवनमा कति महिला आए भन्ने सम्झन नसक्ने भन्दै उनले ६ जना महिलासंग लामै सम्बन्ध चलेको स्वीकारे ।

यसअघि एक डेढ बर्षमा बिबाह गर्छु भनेजस्तो यो सम्बन्ध नरहेको राजेशले बताए । आफु अब साँच्चिकै बिबाह गर्ने योजनामा पुगेको र उपयुक्त पात्र भेटेको राजेशको दावी छ । हेरौं उनको यो घोषणालाई राजेशले कार्यन्वयन गर्छन कि गर्दैनन् ।

यो विषयका प्रतिक्रियाहरु

nirmal:Jul 4, 2012 07:33:40 AM

thank you राजेश हमाल अनि congrachulation

sabita thapa tinkune:Mar 9, 2012 01:51:43 PM

thank you राजेश हमाल अनि congrachulation पनि तर धेरै पटक भइसको बिहे गर्ने भनेको कुन्नि बिश्वास लाग्दैन मलाई त जे छ हजुर्मै छ सोच्नुस बेलैमा एक्लो जिबन bitauna गारो छनि उमेरमै बिहे गर्नु पर्थ्यो

Bhaskar Bam:Jun 20, 2011 09:11:59 AM

मलाई यो कुरा मन परयो Rajesh daile aaba चाडै bibaha गर्नु परयो..ढिलो गर्नु bhayana.

durga :May 15, 2011 12:56:36 PM

बबाल लै हुने भयो है राजेश दै जे भएनी हार्दिक सुभकामना है हजुर लाई अग्रिम

daya sagar tamang:Apr 29, 2011 04:56:21 PM

कतै सुष्मा कार्की त परेन , it\'s my philosophy...

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु