Friday, 24 May 2013 09:49 am, Nepal

नेपाल आउने पर्यटकको संख्या १३ प्रतिशत बढ्यो

मेचीकाली : 2012-03-02 08:22:31


काठमाडौं–नेपालमा हवाई मार्गबाट आउने पर्यटकको सङ्ख्या गत वर्षको फरबरी महिनाको तुलनामा यस वर्ष सन् २०१२ को फरबरी महिनामा १३.७ प्रतिशतले वृद्धि भएको छ ।फरबरीमा ४२ हजार ७१६ पर्यटक अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उल्लेख गर्दै जनाएको छ । यस अवधिमा भारतबाट आउने पर्यटकको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको छ भने बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानबाट क्रमशः १२, १६ र २३ प्रतिशतले पर्यटन आवागमनमा वृद्धि भएको छ ।

    यसैगरी युरोपेली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा १७.५ प्रतिशतले वृद्धि भएको छ भने नेदरल्याण्ड्स र नर्वेबाट आउने पर्यटकको सङ्ख्यामा क्रमशः २० र ७ प्रतिशतले ह्रास आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    अमेरिका र अस्ट्रेलियाबाट आउने पर्यटकको सङ्ख्यामा क्रमशः १० र १८ प्रतिशतले वृद्धि भएको छ भने क्यानडा र न्युजिल्यान्डका पर्यटक सङ्ख्यामा क्रमशः ५ र ३४ प्रतिशतले आवागमन घटेको छ ।

    सन् २०१२ को दुई महिनामा ८४ हजार ७४४ पर्यटक हवाई मार्गबाट भित्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु