Thursday, 23 May 2013 10:45 am, Nepal

वन्दको क्रममा पोखरामा तनाव, १ बालिकासहित पत्रकार पनि गम्भीर घाइते

मेचीकाली : 2012-05-21 17:22:19


पोखरा, ८ जेठ : आदीबासी जनजाती महासंघ संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दको क्रममा प्रहरी र आन्दोलनकारी बीचको झड्प तनावग्रस्त बनेको छ । पोखराको पृथ्वीचोक र जिरो किमी क्षेत्रमा भएको झड्पका क्रममा  दुई पत्रकार र सर्वसाधारण घाईते भएका छन् । 

 जिरो किमी क्षेत्रमा   अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको बोर्ड ढुङ्गामुढा गदै उखेलेर फालेपछि  क्षेत्री बाहुन ठकुरी दलित लगायत  र बन्दकर्ता बीच झड्प भएको छ । दुवै पक्षले जातिय राज्य र विपक्षमा नाराबाजी गदै ढुङ्गामुढा गर्ने क्रममा एक ८ वर्षिय बालिका बन्दकर्ताको ढुङ्गा लागेर घाईते भएकी छिन् । टाउकोमा गंभीर चोट लागेकी ८ महिनाकी पुजा गिरीको स्थानिय मेट्रोसिटीमा उपचार पछि थप उपचारका लागी मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । अहिले उक्त क्षेत्रमा अखण्ड नेपालको बोर्ड पुन राख्न थालेपछि तनाव सृजना भएको छ । 

 

आमा संगै काखमा बसेर गन्तव्यमा जाने क्रममा उनलाई ढुङ्गाले लागेको हो ।  त्यस्तै आन्दलोलनकारीले पृथ्वीचोकमा रहेको अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्ड ढलाउन लागेपछि अहिले सो क्षेत्र झडपले तनावग्रस्त  छ । झ्ड्पका क्रममा प्रहरीले स्थिति नियन्त्रणका लागी ८ राउन्ड भन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । झड्पका क्रमा स्थानिय गण्डकी टेलिभिजनमा कार्यरत विनु थापाको प्रर्दशनकारीले हानेको ढुङ्गाले टाउको फुटेको छ । उनको स्थानिय चरक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै झड्पका क्रममा केही आन्दोलनकारी पनि घाईते छन् ।  अहिले पनि प्रदर्शनकारीले प्रहरी माथि ढुगामुढा गरिरहेका छन् ।

 

बन्दका क्रममा भैरवटोलमा फुटबल खेलीरहेका गणेश परियार, विप्लप माकाजु र अमृत श्रेष्ठलाई लाठीले प्रहार गरी घाईते बनाएका छन् । अहिले पोखरामा ठाउँमा झडपको स्थिति सृजना हुन थालेपछि ठाउँ ठाँउमा ठुलो संख्यामा जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु