


दाङ, ११ जेठ : बन्द फिर्ता लिएको भए पनि दाङमा बन्दको प्रभाव कायमै छ । जातिय राज्यको माग गर्दै तराईमा आन्दोलनरत संयुक्त थारु संघर्ष समितिले बन्दको कार्यक्रम फिर्ता लिएको भने पनि संघिय पक्षधरले बन्द फिर्ता नभएको भन्दै बिहानैदेखि बन्द गरिरहेका छन् । बन्द खुलेको भनेर लामो दुरीका लागि छुटेका सवारी साधन दाङको सिसहनियामा अलपत्र परेका छन् ।
लामो दुरीका लागि छुटेका ५ बटा गाडी सिसहनियामा रोकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिहान केही समयका लागि खुलेका छोटो दुरीका सवारी साधन पनि अहिले फेरी चल्न छाडेका छन् । आन्दोलनरत थारु संघर्ष समितिको तर्फबाट सभासद इन्द्रजीत थारु समूहले सरकारसँग सहमति गरी आन्दोलन फिर्ता लिएको भएपनि संघिय पक्षधर योगेन्द्र चौधरी समूहले माग पुरा नभएको भन्दै गाडी रोकेका हुन । विभिन्न जातीय संगठनहरुले गरेको बन्दका कारण लगातार १४ दिनदेखि दाङ क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् ।