Tuesday, 18 June 2013 11:43 am, Nepal

एकै परिवारको सात जनाको हत्या भएपछि पुरै गाउँ विस्थापित

मेचीकाली : 2012-06-11 17:43:32


बझाङ, २९ जेठ : बझाङको स्याँडी गाविस ९ तल्लागाउँमा गत २० गते  दाजुभाई धनजित र गगनले आफ्ना ६ छोराछोरी सहित गर्भवति श्रीमतिको हत्या गरेपछि डरले अहिले पुरै गाउँ विस्थापित भएको छ । एकै पटक सात जनाको हत्या भएको देखेर डराएका  स्थानीयवासिन्दाले हत्या भएको भोलिपल्टदेखि नै गाउँ छोडेका हुन् । 

उनिहरु अर्को गाउँका आफन्तको घरमा बस्दै आएका छन् । स्याँडी गाउँमा सात दलित परिवारका ६० जना बस्दै आएका थिए । गाउँका स्थानीयबासीले आफ्नो घरमा भएको धन सम्पती र वस्तुभाउहरु पनि संगै लिएर गएका छन् । अहिले खेतीपाती गर्ने समय भए पनि डरका कारण गाउँ फर्किन नसकेकोे ६७ वर्षिय रामकला विकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु