


काठमाडौं, २ असार : एएफसी यु–२२ छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज साँझ भएको खेलमा बंगलादेशलाई ४–१ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । आजको खेलमा नेपाली खेलाडीले सबै चार गोल हेडबाट गरेका थिए । खेलमा कप्तान भरत खवासले पाँचौं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।
तर रक्षक दीपक भुसालले मध्यान्तरपछिको तेस्रो मिनेटमा आत्मघाती गोल गरेपछि बंगलादेशले खेल बराबरीमा आएको थियो । त्यसपछि दबाबमा आएको नेपालले उत्कृष्ठ प्रदर्शन गर्दै लगातार तिन गोल गरेको थियो । नेपालका लागि जगजित श्रेष्ठले ६१औं र सुजल श्रेष्ठले ६७ मिनेटमा गोल गरे भने सुजलले नै इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौंथो गोल गरेका थिए । अब नेपालले आगामी सोमबार कमजोर मानिएको यमनसँग खेल्नेछ । यमनलाई आजै भएको पहिलो खेलमा जोर्डनले ४–० ले पराजित गरेको छ ।
यो विषयका प्रतिक्रियाहरु
prakash humagain:Jun 17, 2012 07:05:22 AM
अब पनि राम्रो खेल्नु पर६ ल