


अछाम, ५ असार : अछाम जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरी बल खप्तड गुल्ममा झाडापखाला फैलिएपछि ८२ जना बिरामी भएका छन् । गुल्मका प्रहरी जवानहरुमा झाडापखाला महामारीको रुपमा फैलिएको गुल्म प्रमुख प्रहरी नायब उपरिक्षक बेनुप्रसाद पाठकले बताउनुभयो ।
आईतवार बेलुकी खाना खाई सुतेका जवानमा एक्कासी राति १२ बजे झाडापखालाको लक्षण देखा परेको बताईएको छ । विरामीको वयालपाटा अस्पतालमा उपचार भैरहेको छ । गुल्मका ८२ जना बिरामी भएका र त्यसमध्ये ५२ जना उपचारपछि फर्किएका गुल्मले जनाएको छ । बाँकी ३० जनाको अस्पतालमै उपचार भैरहेको बयालपाटा अस्पतालले जनाएको छ ।
झाडापखाला फैलिनुको एकिन कारण थाहा हुन नसके पनि पानीको कारणले झाडापखाला पैmलिएको हुन सक्ने गुल्मले जनाएको छ । अस्पतालमा एक्कासी बिरामी बढेपछि जिल्ला अस्पताल मंगलसैनबाट औषधि लिई उपचार गरीएको जिल्ला स्वास्थ्य प्रमुख डा. राम बहादुर केसीले बताउनुभयो ।