


अछाम, ६ असार : अछाममा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको तोली गाविस वडा नम्बर ८ की नरबहादुर रावलकी १० वर्षिया छोरी धनसरी रावलको ज्यान गएको हो । समयमै उपचार गर्न नपाउदा रावलको घरमै ज्यान गएको स्थानीय चन्द्र कडायतले बताउनुभयो । दुषित पानी र खानाको कारण पखाला फैलिएको कडायतको भनाई छ ।
मृतक बालिका मालिका निमाविमा कक्षा ३ मा अध्ययनरत थिईन् । यसैबीच सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगरमा झाडापखाला फैलदा ८२ जना प्रहरी विरामी परेका छन् । तोली गाविसमा झाडापखालाका कारण अधिकांश मानिसहरु प्रभावित भएका बताईएको छ ।