


डोटी, ८ असार : डडेल्धुराका अधिकांश स्वास्थ्य संस्थामा म्याद नाघेका औषधीहरु भेटिएका छन् । जिल्ला विकास समिति डडेल्धराबाट अनुगमनका लागि गएको अनुगमन टोलीले ग्रमिण क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाहरुमा म्याद नागेका औषधीहरु भेटिएको अनुगमन टोलीका सदस्य पदम पालले बताउनुभयो ।
गर्मियाम सुरु भएसंगै जताततै झाडापखालालगायतका विभिन्न खाले रोगहरु देखिन थाले पछि गाउँघरमा औषधीको अवस्था केकस्तो छ भनेर टोलीले अनुगमन थालेको जनाएको छ । तर स्वास्थ्यकर्मीहरुले भने ती औषधिहरु स्वास्थ्य सस्ंथामा रहेर म्याद नसकिएको र जिल्ला जनस्वास्थ्य कार्यालयबाट नै म्याद नागेको आउने गरेको बताएका छन् ।