dashain
Wednesday, 17 October 2018 08:31 am, Nepal

सौराहामा पर्यटक आगमन बढ्दै

मेचीकाली : 2015-07-27 14:45:51


चितवन-

भूकम्पका कारण शून्य बनेको चितवन सौराहाको पर्यटन व्यवसायमा विस्तारै असर कम हुँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अनुसार क्रमशः पर्यटकको आगमन बढ्न थालेकाले असर कम हुँदै गएको छ ।“युरोपियन पर्यटक र आन्तरिक पर्यटक बढ्न थालेका छन्, दिनमा डेढ, दुई सय बढी पर्यटक आउने गरेका छन्”, सङ्घका महासचिव राममणि खनालले भन्नुभयो । केही प्रतिशत पर्यटक बढे पनि सोचेअनुसार अझै हुन नसकेको उहाँले बताउनुभयो ।

भूकम्पपछि पर्यटक आ–आफ्नै देश फर्किएको र आउने पर्यटकले समेत ‘बुकिङ’ रद्द गरेकाले सौराहाका होटल व्यवसाय नराम्ररी प्रभावित भएको थियो । जसका कारण यहाँका ६० प्रतिशत बढी कर्मचारी बिदामा गएका छन् ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भूकम्पअघि होटल भरिएका थिए । विशेषगरी चिनियाँ पर्यटकको बाक्लो उपस्थिति थियो । आन्तरिक पर्यटकको चापले होटलको कोठा ८० प्रतिशतमाथि भरिएका थिए । अहिले चिनियाँ पर्यटक धेरै नभए पनि आन्तरिक पर्यटक बढ्दै गएको सङ्घले जनाएको छ ।

होटल पार्क छेउका सञ्चालक शीरलाल परियार भूकम्पले पारेको असर कम हुन अझै केही महिना लाग्ने भए पनि पर्यटकको आगमन भने सुरु भएको बताउनुहुन्छ ।बेमौसममा समेत सौराहामा पर्यटक भरिँदै आएका थिए । तर नेपालमा आएको भूकम्पले अहिले व्यवसाय नै प्रभावित भएको सपना भिलेज होटलका सञ्चालक ध्रुव गिरी बताउनुहुन्छ ।

चितवनको सौराहामा करिब १०० को हाराहारीमा सुविधायुक्त होटल छन् । दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ ।रेवान सौराहाका अध्यक्ष राजन भट्टले सौराहा सुरक्षित छ भन्ने सन्देश पुगेकाले पनि केही पर्यटक आउन थालेको भन्दै अझै प्रचारलाई व्यवसायीले तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । सरकारले पनि नेपालको पर्यटन व्यवसाय सुरक्षित छ भनेर सन्देश दिनुपर्ने व्यवसायी बताउछन् ।

सौराहामा हात्तीमाथि चढेर निकुञ्जका वन्यजन्तु बाघ गैँडा, अवलोकन गर्न, निकुञ्ज घुम्न, थारु संस्कृतिमा रमाउन पर्यटक आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु