dashain
Wednesday, 17 October 2018 09:01 am, Nepal

स्वार्थ पूरा गर्न भ्रमको खेती

मेचीकाली : 2015-10-06 13:09:19


-वैकुण्ठ ढकाल

नयाँ संबिधानलाई समस्या समाधानको रुपमा हेरियो तर संबिधानको मर्म र सार बुझाउन नसक्दा तराई मधेसमा अशान्ति जारी नै रह्यो । तराइ अशान्त रहनुको एक प्रमुख कारण हो, आन्दोलनका नाईकेहरुले भ्रमको फसल रोपिरहन सक्नु । बीऊ भर्खरै रोपिएको छ, अब नउम्रि के हो भन्ने थाहा नै हुँदैन,, जबसम्म थाहा हुँदैन तबसम्म आन्दोलन चलिरहने देखिन्छ । तराईमा भ्रमको खेती गर्नेहरुको मात्रै उपस्थिति रहिरह्यो त्यसलाई चिर्नको लागि अर्को पक्षको उपस्थिति नै हुन सकेन ।

प्रमुख दलहरु तराईमा जनमत बलियो भए पनि त्यहाँ जान हच्किरहेका छन र काठमाण्डौंमै बसेर भ्रम चीर्न भनेर कोसिस त गरिरहेका छन । त्यो प्रभाबकारी हुन सकेको छैन । काठमाण्डौंमा शनिबार भएको कार्यकर्ता प्रशिक्षणमा एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहालले तराईमा जारी आन्दोलनबारे एउटा रोचक कथा सुनाए । कथा यस्तो छ एउटा विशाल जंगलमा धेरै जनावरहरु चर्ने गर्थे । जंगलको बीचमा पोखरी थियो । पोखरी छेऊमा मृग चर्दै थियो । पोखरीकै आडमा भएको आँपको रुखबाट पोखरीमा आँप खस्यो । माथिबाट आँप खस्दा ‘छप्ल्याङ’ ग‍¥यो । त्यो मृगले के हो भन्ने थाहा पाएन र छप्ल्याङ गरेपछि तर्सिएर भाग्यो ।

त्यो जोडतोडले भागेको देखेपछि अरुले पनि किन भागेको, किन भागेको भन्दा मृग छप्ल्याङ आयो, छप्ल्याङ आयो भन्दै दौडियो । अब छप्ल्याङले खान्छ, मार्छ भन्दै सबै भागे ।

पुरै जंगलभरिका जनावर छप्ल्याङ आयो भन्दै भागे । अन्तिममा सिंह राजाकहाँ पुगेपछि छप्ल्याङ आयो सरकार, सबै सकिने भइयो भनेर सबैले रोइकराइ गरे । सिंह राजा भएकाले कहाँ आयो, खै मलाई देखाउ त भनेर सबैलाई लिएर पोखरी भएको ठाउँमा गयो ।

एकैछिन बस्दा अर्को आँप खस्यो र छप्ल्याङ भयो । अनि सिंहले लाटाहरु, तिमीहरुलाई खाने कुरा झरेको हो । मार्ने आएको हो त ? ल टिपेर खाउँ भनेर आँप खुवाएपछि सबै जनावरहरु शान्तिपूर्वक बसे । अनि दाहालले त्यो कथालाई अहिलेको परिस्थितिसंग तुलना गरे । अहिले पनि केहीकेही ठाउँमा छप्ल्याङ आएको छ । यो संविधानले फल दिएको छ । तर, छप्ल्याङ जस्तो पारिदिएको छ । अनि दौडिएको छ, दौडिएको छ । खत्तम पारे, हामीलाई त सिध्यायो भनिदिएका छन् ।

हो स्थिति यस्तै छ अहिले तर सिंह बन्न कोहि तयार छैनन । सबैले मुखले सिंह भने पनि ब्यबहार त त्यो देखाउन सकेका छैनन । काठमाण्डौंमा बसेर चिच्याउँदा तराईले सुन्दै सुन्दैन सुनिए पनि त्यो मधुरो सुनिन्छ, बिभिन्न अबरोधहरुले त्यो बुझ्ने पनि हैन । अब त छप्ल्याङलाई आँप हो भनेर एक पटक भन्दैमा कसैले सम्झनेवाला पनि छैनन । देखाउनै पर्नेछ । आँप देखाउँदा पनि सुख छैन, बोक्रा हेरर यसलाई काँचो छ, भनिदिन्छन । काटेर देखाउँदा अमिलो छ भनिदिन्छन, आँप गुलियो नै भए पनि कोया मात्रै ठूलो रहेछन भन्नेहरुको छ ।

माओबादी अध्यक्ष दाहालले छप्ल्याङको कथा भनेको केहि हप्ता अघि नेकपा एमालेको अध्यक्ष केपी ओलीले कार्यकर्ताहरुलाई स्याल र ब्वाँसो कथा सुनाएका थिए । तराई आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुले आफूलाई ब्वाँसो र तराईबासीलाई स्याल बनाईरहेका छन । तराई आन्दोलनका मागहरु सबैजसो पूरा भईसकेका छन । अब अब्याबहारिक र संसारमा कहिं पनि अभ्यास नभएका मागहरुमा अड्डि थापेर आन्दोलन जारी रहने उद्घोष गरिदैछ, आन्दोलनको अर्थ, औचित्य परिचालनका बारेमा सबै कुरा स्पष्ट भईसकेका छन । तर पनि छप्ल्याङको भ्रम छरेर राजनीति गर्ने प्रयासहरु भइरहेका छन । अब पनि  छप्ल्याङ हैन मीठो फल हो भन्ने बुझाउन ढिलो गरिनु हुन्न ।

संबिधान आउन नदिन कतिपयले प्रयास गरेकै हुन, अब संबिधान कार्यान्वयन हुन नदिन चलखेल भईरहेका छन । संबिधान साझा दस्ताबेज भनिए पनि ब्यबहारत त्यो सम्झौताको दस्तावेज हो । संबिधानले सबैको सबै माग पूरा गर्न सक्दैन त्यो यथार्थ हो । एक पटक बनाएको संबिधान सधैंलाई हैन, त्यो पनि साँचो हो । समय अनुसार संबिधान परिमार्जित हुँदै जान्छ, लैजानु पर्दछ । सयमक्रमसंगै संबिधानलाई अघि बढाउनु पर्दछ । यसको मतलब संबिधान धेरै हलुको बस्तु पनि हैन ।

प्रमुख दलहरुले संविधान निर्माणमा सबैलाई संगै लिएर अघि बढ्न सकेनन अब संबिधान कार्यान्वयन गर्नका लागि सबै दललाई संगै लिएर अघि बढ्ने कोसिस गर्नु पर्ने हुन्छ । संबिधान कार्यान्वनका लागि कार्यपालिका बलियो बनाउनु जरुरी छ । अहिले त्यो अबसर खेर फालिनु हुन्न । प्रधानमन्त्रीको दौडमा रहेका नेता र दलहरुले यो तथ्यलाई मनन गरेर अघि बढ्नु जरुरी छ । तीन सय सांसदको समर्थन जुटाएर प्रधानमन्त्री हुने भन्दा पनि संबिधान जारी हुँदा भन्दा पनि बढिको समर्थन जुटाउन सक्नु चाहिं अबको नेतृत्वको सफलता हुन सक्छ ।

-bd.palung@gmail.com

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु