dashain
Wednesday, 17 October 2018 08:36 am, Nepal

यस्तो छ क्यान महासंघ काभ्रेको तीन बर्षे कार्ययोजना

मेचीकाली : 2015-11-10 08:32:55


काभ्रे-

कम्प्युटर एशोसियसन नेपाल क्यान महासंघ काभ्रेले आफ्नो तीन वर्षे कार्य योजना सार्वजनिक गरेको छ । क्यान महासंघको सोमबार सूचना प्रविधि पार्कमा भएको बार्षिक कार्ययोजना तर्जुमा गोष्ठि कार्यक्रमले आफ्नो तीन वर्षे कार्य योजना सार्वजनिक गरेको हो । क्यानले ई–भिलेज कार्यक्रमलाई जिल्लाभर पु¥याउनका लागि पहल गर्ने, तीन वर्षमा जिल्लामा रहेका विभिन्न कार्यालयहरुमा पेपरलेस प्रशासनको विकासमा सहयोग गर्ने बताएको छ ।

यस्तै शहरदेखि गाउँसम्म सूचना प्रविधिको अधिकतम प्रयोग र प्रयोगबाट फाइदा लिनका लागि आवश्यक कार्यक्रम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा काम गर्ने निर्णय गरेको क्यान काभ्रेका अध्यक्ष नवराज भुर्तेलले जानकारी दिए । यसैगरि क्यानले ई एजुकेशनका माध्यमबाट विद्यार्थीहरुलाई आफुले अध्ययन गर्नु पर्ने विषयवस्तुसंग सम्बन्धित वेबसाइटहरु हेर्न प्रेरित हुने बिभिन्न कार्यक्रमहरु संचालन गर्ने, बिद्यार्थीहरुको शैक्षिक विकासमा सूचनाप्रविधिको प्रयोगबाट हुन सक्ने सकारात्मक एवं नकारात्मक विषयको जानकारीमुलक कार्यक्रमहरु संचालन गर्ने, अनलाईन डिष्कशन बोर्ड संचालन गरि शहरदेखि दुर्गम क्षेत्रका आमजनमानसमा हुने गरेका विभिन्न समस्याहरुलाई छिटो समाधान गर्नकालागि सूचना प्रविधिका कार्यक्रमहरु संचालन गर्ने शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षेत्रको विकासका लागि विभिन्न सफ्टवेयरहरु संचालनमा ल्याउनेलगायतका कार्ययोजना अघि सारेको छ ।

कार्यक्रममा हालै काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा जिल्लामा आएका मदन भुजेल, प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलालाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु