dashain
Thursday, 18 October 2018 01:51 am, Nepal

मलेसियामा एक नेपालीको मृत्यु

मेचीकाली : 2016-07-28 13:41:34


दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ ।मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट खसेर मृत्यु भएको राजविराजस्थित सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताउनुभयो ।

यादव गत असोजमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।यसैबीच मलेसियामा मृत्यु भएका यादवको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याइदिनका लागि आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु