dashain
Wednesday, 17 October 2018 10:42 am, Nepal

घुस लिएको आरोपमा गाविस सचिव पक्राउ

मेचीकाली : 2016-08-31 19:02:42


सर्लाही, १५ भदौ :

सर्लाहीको पडरिया गाविसका सचिव रामगुलाम रायलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकताको सिफारिस लिन जाँदा सेग्राहीसँग घुस लिएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरीले रायलाई पक्राउ गरेको हो । सचिव रायले जन्मदर्ता बनाउँदा, नागरिकताको सिफारिस लगायत गाविसको अन्य काम गर्दा सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालयमा पैंसा बुझाउनु पर्छ भन्दै मनपरि रकम लिने गरेको स्थानीयको भनाइ छ ।

तीन वर्षदेखि पडरिया गाविसमा कार्यरत सचिव रायले गाविसको बजेट समेत हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । आफूहरुले गाविसको नाममा रहेको बैंक खाता समेत रोक्का गर्न माग गर्दै प्रशासनमा निवेदन दिएको पडरिया १ का देवेन्द्र मण्डलले जानकारी दिनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले यस बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो । आफूले गाविस सचिव रायलाई तारेखमा उपस्थित गराई सोधपुछ गरिरहेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । पडरियाका केही स्थानीयले आज जिल्ला प्रशासन कार्यालय मलंगवामै गएर गाविस सचिव रायलाई कडा कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु