dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

जिल्ला अस्पताल भित्रै ढलको पानी

मेचीकाली : 2016-09-25 08:44:23


सर्लाही, ९ असोज :

पानीको उचित निकास नहुँदा सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पताल भित्रै पानी पस्न थालेको छ । ढलको व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा समेत बाहिरको पानी जिल्ला अस्पताल परिसर भित्र पस्न थालेको हो । जसले गर्दा स्वास्थ्यकर्मीहरुलाई काम गर्न र सर्वसाधारणहरुलाई औषधी उपचार गर्न जान समस्या भएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रबाट सेवालिन जिल्ला अस्पताल मलंगवा पुग्ने सयौं सर्वसाधारण पानीले जलमग्न भएको अस्पतालबाट सकसपूर्ण ढंगले औषधी उपचार गर्न बाध्य भएका छन् । अस्पतालको अधिकांश कोठामा पानी पस्दा औषधीहरु समेत सुरक्षित राख्न समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा रहेका जिल्ला प्रशासन, जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयहरुमा पनि सामान्य वर्षा हुने बित्तिकै कार्यालय भित्रै पानी पस्ने गरेको छ । वर्षाको पानी निकासका लागि सम्वन्धित निकायले चासो नदिँदा सेवाग्राहीहरुलाई समस्या भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु